१६ कार्तिक २०७७, आईतवार

हुम्ला विमानस्थल पुनः कालोपत्र

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार समाचार
2.7kViews
1328 Shares

हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा असोज महिनाबाट पुनः कालोपत्र गर्ने कार्य चलिरहेको छ । गत असोज महिनाको १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्ने कार्य अहिले पनि जारी छ । छ सय ५० मिटर लम्बाइ, २० मिटर चौडाइ रहेको सिमकोट विमानस्थलमा झण्डै एक महिनादेखि काम जारी छ ।

एप्रोन तथा पार्किङ १०० मिटर, हेलिप्याड ४० मिटर रहेको छ भने यी सबै क्षेत्रको कालोपत्र गरिने भएको हो । विमानस्थलको रनवे, एप्रोन अर्थात् जहाज पार्किङ, हेलिप्याडलगायतका सबै क्षेत्रमा कालोपत्र गरिने भएको छ ।

यो पनि पढ्नुहोस् ...  आगलागी हुँदा दुई घर जलेर पूर्णरूपमा क्षति

रनवेको करिब ४०० मिटर भागमा कालोपत्र कार्य सकिएको र बाँकी रहेको भाग १५ दिनभित्र गरिसक्ने विमानस्थलका इञ्जीनियर अजयकुमार गुप्ताले जानकारी दिनुभयो । इञ्जीनियर गुप्ताले भन्नुभयो, “विमानस्थलको रनवे क्षेत्रको भागमा कालोपत्र गर्ने कार्य सकिएपछि हेलिप्याड, एप्रोन तथा पार्किङ भागमा पनि गरिने भएको छ ।” विमानस्थललाई यसभन्दा पहिला नै कालोपत्र गरेको भए पनि रनवे केही भागमा कालोपत्र उप्किएका कारण पुनः दुई इञ्चको कालोपत्र गरिएको हो ।”

यो पनि पढ्नुहोस् ...  नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुग्यो, एकैदिन ५७ जना संक्रमित थपिए

प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म हजाईजहाज उडान भर्ने भएका कारण १० देखि बेलुका छ बजेसम्म कामदारले कालोपत्र गर्ने काम धमाधम गरिरहेको उहाँले बताउनुभयो । निर्धारित समयमा विमानस्थलको पिचिङ कार्य सम्पन्न गर्न निर्माण कम्पनीले आवश्यक सामग्री तयारी अवस्थामा पारेपछि कामले गति लिएको हो । अलकत्राको काम गर्नका लागि तराईबाट कामदार ल्याएर विमानस्थलको पिचिङ गर्ने कार्य धमाधम भइरहेको निर्माण कम्पनी क्याराभान, गाल्भा जेभीका स्थानीय प्रतिनिधि विजय लामाले बताउनुभयो । कामले दशैँ अवधिमा पनि निरन्तरता पाएको थियो ।

यो पनि पढ्नुहोस् ...  गण्डकीमा थप ७८ जनामा कोरोना संक्रमण

यसअघि नेपालगञ्जबाट हवाईजहाजमा अलकत्राका लागि आवश्यक सामग्री ढुवानी गरेर ल्याइएको र अन्य सामान स्थानीयरूपमै तयार गरिएको थियो । विमानस्थलकै एक छेउमा अलकत्रा बनाउने कार्य पनि बिहानैबाट हुने गरेको छ । विमानस्थल कालोपत्रका लागि रु नौ करोड ९७ लाख बराबरको लगानीमा निर्माण भइरहेको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार