१५ कार्तिक २०७७, शनिबार

भारतको उडिसामा बन्दाबन्दी थप गर्ने निर्णय

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार कोरोना [Covid-19] विशेष
3.0kViews
1710 Shares

नयाँ दिल्ली । भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय गरेको छ ।

महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा बन्दाबन्दीको समय थप गरिएको हो ।

बन्दाबन्दी कोभिड सङ्क्रमित भएका क्षेत्रमा लागू हुने निर्देशनमा उल्लेख छ । उक्त क्षेत्रमा अतिआवश्यक गतिविधि मात्र गर्न अनुमति दिइएको छ ।

यो पनि पढ्नुहोस् ...  दमकमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु

निर्देशन अनुसार सङ्क्रमण फैलिएका क्षेत्रमा विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थानहरूलाई नोभेम्बरको अन्त्यसम्म बन्द गरिने छ । यद्यपि विद्यालय विभागको सुपरीवेक्षणमा कक्षा नौ र १२ का कक्षाहरूलाई नोभेम्बर १६ देखि सञ्चालनका लागि अनुमति दिइनेछ ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ पुग्यो

उडिसा भारतको नवौँ बढी प्रभावित राज्य हो । उडिसामा कूल दुई लाख ८८ हजार ६४६ व्यक्ति सङ्क्रमित रहेका छन् भने एक हजार ३०८ जनाको मृत्यु भएको छ ।

यो हप्ताभन्दा पहिले भारतको संघीय गृहमन्त्रालयले सेप्टेम्बर ३० मा जारी गरेको नियन्त्रणका उपायलाई नोभेम्बर ३० सम्मका लागि मान्य हुनेगरी संशोधन गरेको छ ।

यो पनि पढ्नुहोस् ...  नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

शनिबार भारतको स्वास्थ्य मन्त्रालयले भारतभर कोभिड–१९ सङ्क्रमण हुनेको सङ्ख्या ८१ लाख ३७ हजार ११९ पुगेको । एक लाख २१ हजार ६४१ जनाको मृत्यु भएको जनाएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार