१५ कार्तिक २०७७, शनिबार

बङ्गलादेशमा ४ लाख ७ हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित, ५ हजार ९२३ को मृत्यु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार कोरोना [Covid-19] विशेष
2.8kViews
1541 Shares

काठमाडौँ । बङ्गलादेशमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या चार लाख सात हजार ६८४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ ।

विगत २४ घण्टामा बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित हुनेको थप सङ्ख्या एक हजार ३२० रहेको र १८ जनाको मृत्यु भएको जनाइएको छ ।

यो पनि पढ्नुहोस् ...  चितवनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

सरकारी तथ्याङ्क अनुसार बङ्लादेशमा पछिल्लो २४ घण्टामा कूल ११ हजार ५३२ कोभिड–१९ को नमूना परीक्षण भएको छ । यहाँ अहिलेसम्म कोभिड–१९ सङ्क्रमण भई निको भएका विरामीको सङ्ख्या तीन लाख २४ हजार १४५ पुगेको छ । शनिबार कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ४४२ रहेको महानिर्देशनालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  प्रदेश न १ : एकैदिन ३ जनाको मृत्यु, ११९ संक्रमित थपिए

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये मृत्युदर १.४५ प्रतिशत रहेको छ भन् ७९.५१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

बङ्गलादेशमा जुलाई २ मा सबैभन्दा बढी चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने सबैभन्दा बढी मृत्यु जुलाई ३० मा ६४ जनाको भएको थियो ।

यो पनि पढ्नुहोस् ...  विराटनगरमा थप एक जना कोरोना सङ्क्रमित वृद्धको मृत्यु

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार