१५ कार्तिक २०७७, शनिबार

सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार कोरोना [Covid-19] विशेष
2.0kViews
1565 Shares

काठमाण्डौ । पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आजैको विवरणमा दुई हजार दुई सय ६४ जना निको भएका छन् । अहिलेसम्म एक लाख ३१ हजार २२२ जना निको भएका छन् । निको हुने दर ७६.९ प्रतिशत रहेको छ ।
सङ्क्रमितमध्ये नौ सय ७६ महिला र एक हजार ५३२ पुरुष रहेका छन् । आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमण हुनेको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय सङ्क्रमित ३८ हजार ५८४ पुगेका छन् ।

यो पनि पढ्नुहोस् ...  मकवानपुरमा कोरोना संक्रमण दर बढ्दै , एकैदिन ११ जना प्रहरीसहित १६ संक्रमित थपिए

काठमाडौमा उपत्यकामा आज एक हजार ३५७ जना सङ्क्रमित देखिएका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा नौ जना, वागमति प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा तीन जना, लुम्बिनी प्रदेशमा चार जना र सूदुरपश्चिम प्रदेशमा एक जना उपचार गराइरहेका छन ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व) दाङ, रुपन्देही र कैलाली छन् । शून्य सङ्क्रमित भएका जिल्लामा मुस्ताङ, मनाङ र बाजुरा रहेका छन् ।

यो पनि पढ्नुहोस् ...  भारतका बरिष्ठ नेता पटेल कोरोनाका कारण निधन

सत्रको मृत्यु
यसैगरी आज १७ जनाको सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म ९३७ जनाको सङ्क्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट निधन हुने कुल सङ्क्रमितको ०.५ प्रतिशत रहेको छ ।

यो पनि पढ्नुहोस् ...  कोरोनाबाट थप १६ को मृत्यु, मृतकको संख्या ९२० पुग्यो

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार