१५ कार्तिक २०७७, शनिबार

सराय नाच बिना दशैँ बिदाई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार समाचार
1.9kViews
1386 Shares

पाल्पा । यसपालिको दशैँ पूर्णिमा सराय नाच बिना बिदाई भएको छ । आश्विन पूर्णिमाका दिन आज यहाँका देवी देवताका मन्दिरमा सराय नाच निकालेर दशैँलाई एक वर्षका लागि बिदाई गर्ने प्रचलन थियो । यसपाला पाल्पाका अधिकाश देवी देवताको मन्दिरमा त्यस्तो नाच देखिएन । दशैँको टीका, जमरा बिर्सजन गर्ने पर्वका रुपमा पूर्णिमालाई लिने चलन छ । यस वर्षको दशैँ उत्साहबिना नै बिदा भएको पाल्पा रैनादेवी छहरा गाउँपालिका–५, मुझुङस्थित कालिका मन्दिरका पूजारी जङगबहादुर आलेले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ ४ वर्षपछि कार्यान्वयनमा

पहिला मन्दिरबाट बाजासहित रमाइलो गरी सराय निकाली, काटौजेपानीमा तरबार नचाउने र दशैँलाई बिदाई गर्ने चलन कोरोनाका कारण सङ्कटमा परेको छ । “पाल्पा आसपासका क्षेत्रमा शनिबार देवालयमा पूजा गरेर मात्र दशैँ बिदा गर्न बाध्य भएका छाँै । दमाई बाजा बजाउने मानिस यसपालि मन्दिरमा आएनन् र बाजा बजेको छैन”, मन्दिरका पुजारी आले भन्नुभयो । पूजारीले मन्दिरको ढोका खोलेर पूजा बाहेक अन्य पूजा हुन सकेको छैन ।

यो पनि पढ्नुहोस् ...  पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन आग्रह

जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहको छत्रकोटमा २०÷२२ जना स्थानीयबासिन्दाले मात्र सराय निकाल्ने तयारी भएको स्थानीय बासिन्दा गीता कौशलले बताउनुभयो । पहिला सयौंको सङ्ख्यामा सराय नाच हुँदै आएकोमा अहिले परम्परा धान काम मात्र भएको कौशलको दाबी छ । पाल्पाको अधिकांश स्थानमा हुने पूर्णिमा साँस्कृतिक मेला महोत्सव प्रभावित भएका छन् । जिल्लाको तानसेनको लिपन्देवि, बौँघागुम्बा, रिब्दीकोट गाउँपालिका बतासे, ख्याहा, तिनाउँ गाउँपालिका क्षेत्रभित्र सराय निकाल्ने परम्परा रहे पनि यो वर्ष सराय कहीँकतै पनि देखिएन ।

यो पनि पढ्नुहोस् ...  पाल्पाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना गरिने

दशैँको अवसरमा हुने धार्मिक तथा सांस्कृतिक मेला महोत्सव हुन नसक्दा आर्थिक कारोबार शून्य जस्तो भएको छ । दशैँ पूर्णिमा स्थानीय उत्पादन कपडा, महिलाका सिगारिक, खेलौनाको ठूलो मात्रामा कारोबार हुँदै आएको तर यसवर्ष त्यस्तो कारोबार हुन नसकेको व्यवसायीको भनाइ छ । स्थानीय आदर्श यूवा क्लबका अध्यक्ष पोषण रानाका अनुसार दशैँको अवसरमा हुने सांस्कृतिक कार्यक्रम कतै पनि हुन नसकेको हो । कोरोनाका कारण भीड हुने गरी मठमन्दिरमा भेला हुन रोक लगाएपछि चाडपर्व सुनसान बनेका हुन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार