१५ कार्तिक २०७७, शनिबार

भालुको आक्रमण बढ्न थाल्यो

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार समाचार
2.2kViews
1476 Shares

रसुवा ।  हिमाली क्षेत्रको पदमार्गमा भालुको आक्रमण बढ्न थालेको छ । त्यस क्षेत्रमा सावधानीपूर्वक यात्रा गर्न नेपाल प्रहरीले आग्रह गरेको छ । उच्च भागमा चिसोपन बढ्न थालेसंँगै जंगली जनावर बेसीँ झर्नेक्रम शुरू भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक सरोज गिरीका अनुसार जंगलमा वस्तु चराउने क्रममा जंगली भालुले एक व्यक्तिलाई आक्रमण गरिसकेका कारण यस्ता घटना न्यूनीकरणका लागि पूर्वसावधानी रहन सबैमा अनुरोध गरिएको छ । यसरी भालुको आक्रमणबाट घाइते हुनेमा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ का ३५ वर्षीय पासाङवाङ्दी तामाङ छन् । उनलाई गोसाइँकुण्ड धार्मिक मार्ग अन्तर्गत देउराली जंगलमा भालुले हालै आक्रमण गरी घाइते बनाएको बताइएको छ ।
भालु, चितुवा, बँदेललगायतका जनावर आगामी फागुनसम्म बेसीँतर्फको न्यानो क्षेत्रमा ओर्लने ज्येष्ठ नागरिक बताउछन् । गत आर्थिक वर्षमा जंगली भालुको आक्रमणबाट १० जना घाइते भएका थिए । उनीहरूलाई सरकारी कोषबाट उपचार खर्चबापत सरकारी अस्पतालको सिफारिसका आधारमा रकम प्रदान गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलियो

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार