देशभर कोरोना संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो

उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार कोरोना [Covid-19] विशेष

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार २७९ पीसीआर परीक्षण गरिएकोमा २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट पछील्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ९३७ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ५८४ छ ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३ सय ५७ कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४१० जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २६४ जना संक्रमित डिस्चार्ज भएसँगै नेपालमा निको हुनेको १ लाख ३१ हजार २२२ संख्या पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ४३ हजार ३४३ परीक्षणहरु गरिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार