१५ कार्तिक २०७७, शनिबार

थप १७ को मृत्यु, कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ९३७ पुग्यो

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार कोरोना [Covid-19] विशेष
2.3kViews
1784 Shares

काठमाडौँ । कोरोना संक्रमणबाट पछील्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ९३७ पुगेको छ ।

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार २७९ पीसीआर परीक्षण गरिएकोमा २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको र योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ५८४ छ ।

यो पनि पढ्नुहोस् ...  नगरपालिकाका उपप्रमुख र अधिकृतलाई कोरोना संक्रमण पुष्टि

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४१० जना रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २६४ जना संक्रमित डिस्चार्ज भएसँगै नेपालमा निको हुनेको १ लाख ३१ हजार २२२ संख्या पुगेको छ ।

यो पनि पढ्नुहोस् ...  देशभर थप १२ सय ७ जना कोरोना संक्रमित थपिए

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ४३ हजार ३४३ परीक्षणहरु गरिएका छन् ।

 

 

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार