हत्या आरोपी पक्राउ

उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार समाचार

अछाम । अछामको ढकारी गाउँपालिका–७ का १५ वर्षीय देवेन्द्र थापाको हत्या गरेको आरोप लागेका दुई फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा ढकारी गाउँपालिका–७ का नरेन्द्र बुढा र नरबहादुर बुढा रहेका छन् ।

पक्राउ परेकाहरुले यही कात्तिक १० राति ढकारी गाउँपालिका–३ स्थित चोइटेखालीबाट घर फर्किने क्रममा १५ वर्षीय देवेन्द्र थापा र सोही ठाउँका १४ वर्षीय रुद्र थापालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोप लागेको छ ।

घाइते देवेन्द्रको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा कात्तिक ११ बिहान मृत्यु भएको थियो भने अर्का घाइते रुद्रको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी कानूनी कारवाही शुरु गरी जिल्ला अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार