जङ्गलमा बाख्रा चराउन गएका महिला भिरबाट लडेर मृत्यु

उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार समाचार

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला सोही गाउँकी २८ वर्षीया शारदा कठायत भण्डारीको भिरबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार बाख्रा घर आए पनि बाख्रा चराउन गएकी शारदा राति अबेरसम्म घरमा नआउँदा स्थानीयवासीले खोजी गरेपछि गाउँ नजिकैको नाउटेपानी खोलाको भिरबाट लडेर मृतावस्थामा भेटिएको वडाध्यक्ष कर्णबहादुर विष्टले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार