१५ कार्तिक २०७७, शनिबार

टर्कीमा भूकम्पबाट भएको क्षति प्रति महासचिव गुटर्रेसद्धारा दुःख व्यक्त

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार प्रवास
2.2kViews
1916 Shares

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले टर्कीमा भूकम्पबाट भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले पश्चिमी टर्कीमा आएको भूकम्पबाट भएको नागरिकको मृत्यु तथा भौतिक क्षतिको समाचारले आफूलाई निकै दुःख लागेको बताउनुभएको हो ।

यो पनि पढ्नुहोस् ...  ५० वर्षपछि संसारमै दुर्लभ रेनबो सर्प भेटियो

राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन गुटर्रेसले प्रकाशन गरेको विज्ञप्तिमा सो भूकम्पले पश्चिमी टर्कीमा भएको क्षतिले महासचिव गुटर्रेसलाई निकै नै दुःख लागेको बताउनुभएको जानकारी गराइएको छ ।

शनिबार बिहान पश्चिमी टर्की र ग्रिक टापूमा बढी प्रभाावित गर्ने गरी आएको भूकम्पले ठूलो क्षति पुर्याएको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार उक्त भूकम्पबाट अहिलेसम्म कम्तीमा पनि १७ जनाको ज्यान गइसकेको छ । त्यस्तै सो भूकम्पमा परी करिब ७६३ जना घाइते भएका छन् ।

यो पनि पढ्नुहोस् ...  रुसमा कोरोनाभाइरसको संक्रमणबाट पहिलो व्यक्तिको ज्यान गयो

घाइतेमध्ये अधिकांशको अवस्था पनि गम्भीर रहेको बताइएको छ । उद्धारमा अटेका अधिकारीहरुले यस भूकम्पमा परी भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार