दिल्लीमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार कोरोना [Covid-19] विशेष

नयाँ दिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् ।

दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट अहिलेसम्म तीनलाख ८१ हजार ६४४ जना सङ्क्रमित भएका छन् । पछिल्लो समयमा दिल्लीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

दिल्लीमा यसअघि गत बिहीबार पाँच हजार ७३९ जना नयाँ सङ्क्रमित भेटिएका थिए भने बुधबार पाँच हजार ६७३ जना भेटिएका थिए । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार दिल्लीबाट चार हजार ४३३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन ।

दिल्लीमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या तीन लाख ४२ हजार ८११ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुले दिल्लीमा अहिले ३२ हजार ३६३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको पनि उल्लेख गरेका छन् ।

त्यसैगरी कोरोनाभाइरसका कारण दिल्लीमा अहिलेसम्म छ हजार ४७० जनाको मृत्यु भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार