१५ कार्तिक २०७७, शनिबार

सगरमाथाको नयाँ उचाइ घोषणाको तयारी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार समाचार
2.1kViews
1209 Shares

काठमाडौँ – सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  भक्तपुरमा रहेका ६ अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न आग्रह

मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले सगरमाथाको उचाइ मापनको सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भई उचाइ घोषणाको तयारी भइरहेको जानकारी दिए । ‘‘सगरमाथाको उचाइको गणना र ‘प्रोसेसिङ’ को काम सम्पन्न भइसकेको छ’’ उनले भने, ‘‘मित्र राष्ट्र चीनसँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यमबाट गरिने कामहरू अहिले भइरहेका छन् ।’’

यो पनि पढ्नुहोस् ...  ६ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने, स्वदेशमा २३ प्रतिशतको रोजगारी गुम्यो

‘‘सगरमाथाको उचाइ मापन र घोषणाबारे नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्य अनुसार परराष्ट्र मन्त्रालयले समन्वय गरेर एउटा मिति निर्धारण गर्छ र त्यसै अनुसार सगरमाथाको उचाइ घोषणा गरिने छ’’ उनले भने, ‘‘हामी आफ्नो तर्फबाट आफैँ घोषणा गर्छौँ, उनीहरूको तर्फबाट उनीहरूले घोषणा गर्ने छन् ।’’ घोषणा गरिने मितिबारे परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

यो पनि पढ्नुहोस् ...  हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थाले

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार