१४ कार्तिक २०७७, शुक्रबार

मदन भण्डारी फाउण्डेशनको क्षेत्रीय समिति गठन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार समाचार
260Views
Shares

चितवन । मदन भण्डारी फाउण्डेशनको चितवन क्षेत्र नं. १ को क्षेत्रीय समिति आज गठन भएको छ । गोविन्दप्रसाद कँडेलको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति र यादवप्रसाद पाठकको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार एवम् अखिल नेपाल महिला संघ (अनेमसंघ) का केन्द्रीय सहसंयोजक सीता पौडेलले नवगठिन समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यलाई सपथ गराउनुभएको थियो ।

यो पनि पढ्नुहोस् ...  बन्चरो प्रहार गरि छोराको हत्या

नेत्री पौडेलले सरकारले गरेका राम्रा कामलाई जनसमक्ष पु¥याउनुपर्नेमा जोड दिँदै पार्टीका गतिविधि सुस्त भइरहेको बेला फाउण्डेशन जनतासमक्ष पुग्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलिया, बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी (पार्वती) रावल थापालगायतले समितिलाई शुभकामना दिनुभएको थियो ।

यो पनि पढ्नुहोस् ...  ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित एक युवक पक्राउ

फाउण्डेशनका जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराईले पूर्वी चितवनका राप्ती र खैरहनी नगर समिति यस अघि नै गठन भइसकेको जानकारी दिंदै जिल्लाका अन्य पालिका र क्षेत्रमा पनि छिट्टै गठन गर्ने तयारी भएको जानकारी दिनुभयो ।
तत्कालीन नेकपा (एमाले) का महासचिव एवं जननेता मदनकुमार भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनाबाट निधन भएपछि उहाँको स्मृतिमा फाउण्डेशनको स्थापना भएको हो ।

यो पनि पढ्नुहोस् ...  राष्ट्रिय परिचय पत्र छपाई स्थागित गर्न कांग्रेस सांसदको माग

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार