हेटौंडामा धुलो दूध उत्पादन उद्योगको स्थापना गर्ने

उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार बागमती

हेटौंडा । बागमती प्रदेश सरकारको लगानीमा हेटौंडा उपमहानगरपालिका—१० सिसौंघारीमा धुलो दूध उत्पादन उद्योगको स्थापना गर्ने भएको छ । सोही वडाको सिसौंघारीमा करिब दुई विगाहा दुई कठ्ठा जग्गाभित्र धुलो दूध उत्पादन उद्योगको प्रशासकीय भवन र प्लान्ट निर्माणको लागि बागमती प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बोलपत्र आह्वान गरी निर्माण व्यवसायीलाई निवेदन दर्ता गर्न अहिले सूचना प्रकाशित गरिसकिएको कृषि मन्त्रालयका प्रवक्ता डा शरण पाण्डेले बताउनुभएको छ ।

उहाँका अनुसार, बागमती प्रदेश कृषि मन्त्रालयको तर्फबाट रु ४५ करोड १२ लाखको लागतमा धुलो दूधको उत्पादन उद्योग स्थापना गर्न प्रदेश दुग्ध विकास बोर्डलाई रकम हस्तान्तरण गरिसकेको पनि जानकारी दिनुभयो । हेटौंडामा स्थापित हुने धुलो दूध उत्पादन उद्योगले आगामी आर्थिक वर्ष २०७८÷७९ को आवभित्र दैनिक करिब ५ मेट्रिक टन धुलो दूधको उत्पादन गर्ने लक्ष्य राखिएको पनि प्रदेश दुग्ध विकास बोर्डले जनाएको छ ।

प्रदेश नम्बर २ को बारा, पर्सा, रौतहट र बागमती प्रदेशको चितवन र मकवानपुरका गरी पाँच हजार ६५३ जना कृषकबाट दैनिक ६० हजार ५०० लिटर दूध सङ्कलन गरी सो उद्योगले खरिद गर्ने कृषि मन्त्रालयका प्रवक्ता डा पाण्डेले उल्लेख गर्नुभयो । उहाँका अनुसार, धुलो दूध उत्पादन गर्ने कार्य प्रारम्भ भइसकेपछि प्रत्यक्ष÷अप्रत्यक्ष गरी करिब ८० जना सर्वसाधारणहरुले रोजगारी प्राप्त गरिनेछ ।

सो उद्योगले उत्पादन गर्ने दूधको प्याकिङ गरिएको दैनिक पाँच मेट्रिक टन धुलो दूध लाई सातवटै प्रदेशको स्थानीय बजार, होटलहरु र सर्वसाधारण उपभोक्तालाई सहज ढङ्गबाट वितरण गर्ने कार्य तालिकासहित यातायातको सुविधा उपलब्ध गराइने भएको कृषि मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार