१४ कार्तिक २०७७, शुक्रबार

म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने मल्कवाङ सडक सञ्जालमा जोडियो

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार समाचार
105Views
Shares

म्याग्दी । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–५ मल्कवाङ सडक सञ्जालमा जोडिएको छ । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, म्याग्दीले मराङको बँेशीदेखि आरवाङ–हाङबाङ हँुदै मल्कवाङ जोड्ने सडक निर्माण गरेको हो ।

मल्कबाङका अमर छन्त्यालले सडकको ट्र्याक (मार्ग) खुलेपछि जीप, ट्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेको बताउनुभयो । अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोवास रहेको मल्कवाङमा यसअघि सडक यातायात सुविधा थिएन् । आवतजावतका लागि भीर, जङ्गल र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्दथ्यो । ढुवानीका लागि घोडा, खच्चर र भरियामा निर्भर थिए ।

यो पनि पढ्नुहोस् ...  युएईका नेपाली व्यावसायी पौडेलले जन्मदिनको अवसरमा वृद्धआश्रममा सहयोग गर्ने

यातायातका साधन सञ्चालन हुन थालेपछि आवतजावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीमा सहज भएको छ । मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगङ्गा गाउँपालिकाको कुइनेखानीका करिब पाँच सय घरधुरी लाभान्वित भएका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताए ।

यो सडकले मराङको आरवाङ, रिखा, घण्टीवाङ, हाङवाङका डेढ सय घरधुरीलाई पनि सुविधा पुगेको छ । बँेशीदेखि पैदलयात्रा गरेर मल्कवाङ पुग्न दुई घण्टा लाग्दथ्यो । गाडीबाट तीस मिनेटमै पुगिन्छ । यात्राअवधि छोटिएको र ढुवानीको भाडा घटेको छ । बिरामीलाई अस्पताल पु¥याउन सजिलो भएको छ ।

यो पनि पढ्नुहोस् ...  एनआरएनए फेरि विवादमा, मध्यपूर्व संयोजक गुरुङले नै गरे महिला कामदारको शोषण !

पूर्वाधार विकास कार्यालयका अनुसार बेँशीदेखि मल्कवाङ जोड्ने सडकको दूरी ११ किलोमिटर छ । आर्थिक वर्ष २०७५/७६ मा विनियोजन भएको रु ८० लाख बजेटबाट उपभोक्ता समितिले बेँशीदेखि आरवाङ हँुदै मल्कवाङका सिमानासम्म सडक खनेका थिए ।

कार्यालयका सव इञ्जिनीयर घनश्याम रोकाले २०७६/७७ मा रु ७२ लाख ७ हजारमा ठेक्का सम्झौता गरेको अर्गेजा कन्ट्रक्सनले दुई हजार ७०० मिटर सडकको नयाँ ट्र्याक खनेको जानकारी दिए । “गत असारमा खनिएको सडकमा खसेको पहिरो पन्छाएर यातायातका साधन सञ्चालन भए पनि ठेक्का सम्झौता अनुसार ६६ प्रतिशत प्रगति भएको छ”, उनले भने, “यस वर्ष मल्कवाङदेखि भेडिखाल्टा जोड्ने सडक निर्माणका लागि विनियोजन भएको रु एक करोड २५ लाख बजेटको ठेक्का आह्वान भइसकेको छ ।”

यो पनि पढ्नुहोस् ...  पर्यटनमन्त्री भट्टराईद्वारा दुःख व्यक्त

रघुगङ्गा गाउँपालिकाको पाखापानी– ठाडाखानी हँुदै भेडिखाल्टाको नजिकै सडक पुगिसकेको छ । मल्कवाङदेखि भेडिखाल्टा गाउँ जोडिएपछि यो सडक म्याग्दीको पाँच वटा स्थानीय तहलाई जोड्ने चक्रपथ बन्ने बताइएको छ । सातवटा वडा रहेको धवलागिरि गाउँपालिकाको गुर्जा बाहेकका वडाको भूगोल सडक सञ्जालमा जोडिएका छन् । वडा न ४ मुदीमा पनि हालै सडक यातायात सुविधा पुगेको छ ।

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार