१४ कार्तिक २०७७, शुक्रबार

२७ जनाले गरे रक्तदान

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार समाचार
53Views
Shares

काठमाडौँ । बडादशैँका बेलामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाले आयोजना गरेको रक्तदानमा २७ जनाले रक्तदान गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ रातोपाटीमा आज प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पहिलो रक्तदातालाई ब्लड ब्याग प्रदान गरी कार्यक्रम आरम्भ गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् ...  ट्रकको ठक्करबाट घाइते सिन्धुपाल्चोक ईन्द्रवती-७ का धन बहादुर कार्किको उपचारको क्रममा निधन

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोग र गुण्डू उपशाखाको व्यवस्थापनमा रक्तदान सम्पन्न भएको नेपाल रेडक्रस गुण्डू उपशाखाका सभापति रामकुमार बस्नेतले जानकारी दिनुभयो ।

उपशाखाले रगत अभाव हुन नदिन विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । गत बुधबार पनि उपशाखाले सूर्यविनायक नगरपालिका वडा नं ७ पुरानो बसपार्कमा आकस्मिक रूपमा रक्तदान कार्यक्रम गरेको थियो । यससँगै शाखाले विभिन्न समयमा विपत्मा परेका व्यक्तिलाई राहत प्रदान गर्नेदेखि अन्य सामाजिक कार्य गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् ...  सशस्त्र प्रहरीद्वारा बरामद गरिएको सामान भन्सारमा

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार