१४ कार्तिक २०७७, शुक्रबार

कोरोना : अनलाइन शिक्षाबाट दलित विद्यार्थी बञ्चित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार २ नं. प्रदेश
167Views
Shares

गणेश कुमार ठाकुर, सिरहा । कोरोना संक्रमणका कारण करिब ७ महिना देखि बन्द विद्यालयहरु धमाधम खुल्न थालेका छन् । वैकल्पिक विधिबाट सञ्चालित कक्षा प्रभावकारी नभएपछि सिरहा जिल्लाका स्थानिय तहहरुको सुरक्षा सावधानी अपनाउदै कक्षा सञ्चालन गर्ने कार्य कार्यन्यवन गर्न थालेका छन् । विद्यालयको भौतिक कार्यक्रम गर्दै स–साना समुह र सिफ्टमा पठनपाठन गर्ने गरेका छन । सँघीय सरकारको विद्यालय सन्चालन गर्ने कुनै विधिबाट नगरे पनि विद्यार्थी सिकाई सहजीकरण निर्देशीका जारी गरेर आधुनिक प्रविधिको पहुच बाहिर रहेरका विधार्थीलाइ भौतिक दुरी कायम गरी सिकाइ केन्द्रमा सिकाउन सक्ने व्यवस्था गरेको छ ।

यो पनि पढ्नुहोस् ...  मिर्चैयामा राहत वितरणमा विवाद हुँदा १३ राउन्ड हवाई फायर,डिएसपीसहित ८ घाइते

निर्देशिकामा विद्यालयमा आपसमा भौतिक दुरी कायम गरी पाठ्यपुस्तक, स्वअध्ययन प्रयोग गरी शिक्षक मार्फत सिक्ने सिकाउने व्यवस्था गर्ने भनि निर्देशिकाले निर्देशन गरे अनुसार सिरहा जिल्लाका पनि स्थायी सरकार सकृय भएको छ । मिर्चैया नगरपालिका भित्रका मोहन उ.मा.वि लगायत अन्य आधारभुत विद्यालयहरुले पनि माध्यमिकका विधार्थीहरुलाई सिपटगत अनलाइन पढाइ शुरु गरेका छन भने आधारभूत तहका विद्यार्थीहरुलाई टोल टोलमा गएर घरदैलो शिक्षण गराउने शुरुवात सराहनीय छ तर दलित तथा निम्न आय स्तर भएका विद्यार्थी यसबाट बन्चित भएको देखिन्छ । दर्जनौ संस्थागत विद्यालयहरुले यस्ता शिक्षण दिनेकुरामा विश्वास नै गर्दैन ।

यो पनि पढ्नुहोस् ...  पत्रकार महासंघ सर्लाहीले गरे अक्षय कोषको स्थापना।

मिर्चैया नगरपालिकाका सदरमुकामबाट टाढा वार्ड नं. २ मल्हनिया पिराडीका विद्यालय जाने उमेरका वालबालीका माछा मार्नमा व्यस्त छन् भने सरोकारवालाको नजर पुगेको छैन । युनिसेफको प्रतिवेदन अनुसार विद्यालयहरु बन्द भएको कारण ४३ करोड बालबलिकाले अनलाइन कक्षामा भर पर्नु परेको छ । बिशेष गरि ग्रामिण क्षेत्रहरुमा इन्टरनेट त परको कुरा बिजुलीको समेत सुबिधा नभएकोले कक्षा आशिंकरुपमा नै प्रभावकारी हुन सकेको छ । विद्यालय जानबाट बन्चितिकरणमा परेका थप बालबालिका पनि विद्यालय बाहिर रहेका छन् ।

यो पनि पढ्नुहोस् ...  सिरहामा बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार