फरार ३ प्रतिवादी पक्राउ

उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार समाचार

कञ्चनपुर । वनपैदावार सम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–४ का २९ वर्षीय भरत कामी, ३६ वर्षीय जनकलाल चौधरी र २६ वर्षीय नरेश राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनु भयो ।

कञ्चनपुर जिल्ला अदालतको गत वर्ष असार २३ गतेको फैसलाअनुसार तीनै जनालाई दोषी ठहर गर्दै एक÷एक महिना कैद र जनही रु १७ हजार ४०६ जरिवाना तोकिएको थियो । वारदात गरी विसं २०७५ कात्तिकदेखि तीनै जना फरार रहेका थिए ।

आवश्यक कारवाहीका लागि प्रहरीले तीनै जनालाई अदालतमा पेश गरेको जनाएको छ । यसैगरी लागु औषधसम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका लालझाडी गाउँपालिका–७ कञ्जका २१ वर्षीय हिरेन्द्र रानालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । भाग्दै गरेको अवस्थामा रानालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

लागु औषध मुद्दामै अदालतबाट दोषी ठहर भएका कैलालीको धनगढी उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय एकलव्य जोशीलाई समेत प्रहरीले राजपुर क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार