अझै २२१ वटा बीओपी अत्यावश्यक, १० हजार जनशक्ति अभाव

उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार BOX NEWS

काठमाडौं । नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा आउट पोष्ट (बीओपी) कार्यालयको सङ्ख्या १७७ पुगेको छ ।

अझै २२१ वटा बीओपी अत्यावश्यक रहेको सशस्त्र प्रहरीको भनाइ छ । यसका लागि सरकारको योजना कार्यान्वयनका लागि अझै १० हजार जनशक्ति अभाव रहेको सुरक्षा अधिकारीको दाबी छ ।

सीमा सुरक्षा पोष्ट ११ देखि १५ किलोमिटरको दूरीमा छन् । बीओपीको स्थापना देशको सीमा सुरक्षासँग जोडिएकाले प्रभावकारी परिचालन, उचित बन्दोबस्ती र स्थायी संरचनासँगै पर्याप्त जनशक्तिको आवश्यकता रहेको छ ।

सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले भन्नुभयो, ‘‘सीमा सुरक्षाका लागि अझै १० हजार जनशक्ति अपुग छ, छिमेकी देशको तुलनामा हाम्रो उपस्थिति निकै कमजोर छ । नेपालसँगको सीमा क्षेत्रमा भारतले ५३० वटा सीमा सुरक्षा कार्यालय सञ्चालनमा ल्याएको छ। ’’

सुरक्षा पोष्टको सङ्ख्या भने थप्ने क्रम जारी छ । नेपाल–चीन सीमा क्षेत्र सङ्खुवासभाको किमाथाङ्का र मुस्ताङको कोरोला नाकामा केही हप्ताअघि नयाँ ‘बीओपी’ स्थापना भएसँगै सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टको सङ्ख्या यति पुगेको हो ।

सीमा सुरक्षा पोष्टको स्थापनाले नेपालको सीमा अतिक्रमण रोक्न तथा अपराध गतिविधि नियन्त्रण गर्न र शान्तिसुरक्षा कायम राख्न सशस्त्र प्रहरीको उपस्थिति प्रभावकारी बन्दै गएको सुरक्षा अधिकारीको दाबी रहेको आजको राजधानी दैनिकमा खवर छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार