१४ कार्तिक २०७७, शुक्रबार

रौतहटमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

सन्तोष काफ्ले सन्तोष काफ्ले १४ कार्तिक २०७७, शुक्रबार कोरोना [Covid-19] विशेष
169Views
Shares

रौतहट । रौतहटमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १० बाल्चनपुर घर भएकी ४३ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस् ...  थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,संक्रमितको कूल संख्या ५०७ पुग्यो

गत कात्तिक ६ गते चितवन अस्पतालमा उपचारको लागी लगिएको महिलाको मृत्युपछि पीसीआर जाच गर्दा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक ती महिला मृगौला रोगी भएकोले थप उपचारको लागि चितवन लगिएको थियो ।

यो पनि पढ्नुहोस् ...  सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै

मृत्यु पश्चात शव नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा बिहीबार चन्द्रपुर नगरपालिका ५ स्थित चाँदी नदीको किनारमा व्यवस्थापन गरिएको जनाइएको छ । यो सँगै रौतहटमा कोरोना भाइरस कोभिड–१९ काे संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यो पनि पढ्नुहोस् ...  मकवानपुरमा सेनाको ब्यारेकमा ९० श्ययाको आइसोलेशन कक्ष बनाइने

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार