काभ्रेमा पहिलो पटक कोरोना संक्रमित पत्रकारको निधन

उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार BOX NEWS

काभ्रे । काभ्रेमा पहिलो पटक कोरोना संक्रमित पत्रकारको निधन भएको छ । काभ्रे पोस्टका प्रकाशक तथा प्रधान सम्पादक ५१ वर्षीय पत्रकारको शुक्राबार बिहान मृत्यु भएको हो । उनी गत असोज २६ गते कोरोनाबाट संक्रमित भएका थिए ।

कोरोना रिर्पोट पोजेटिभ आएपछि होम आइसोलेसन बसेका थिए । ज्वरो बढेपछि उनलाई कात्तिक १ गते उपचारका लागि काठमाडौँको ओम अस्पताल भर्ना गरिएको थियो ।

काभ्रे पोष्टका पत्रकार दीपकप्रसाद चौलागाईंले ब्रोनक्राइटिसबाट पीडित उनको मृत्यु भएको जानकारी दिए । त्यस्तै पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै काठमाडौँस्थित घरमा होमक्वारेन्टाइनमा बसिरहेका उनले कोरोनालाई जितेपनि पुनः स्वास्थ्य अवस्था असमान्य बन्दै गएपछि निमोनियको आशंकामा अस्पताल पु¥याएर उपचारको क्रममा मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।

जिल्लामा करिब ४ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अग्रज पत्रकारको मृत्युले काभ्रेली पत्रकारितामा एक अपूरणीय क्षति पुगेको छ । उनको शव पशुपती आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने भएको छ ।

नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तुका एक पत्रकारको मृत्यु भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार