१४ कार्तिक २०७७, शुक्रबार

कोरोनाले कृषि क्षेत्रमा पारेको समस्या र समाधानका उपाय

भावना अर्याल भावना अर्याल १४ कार्तिक २०७७, शुक्रबार
1.4kViews
13 Shares

प्राचिन कालदेखि नै नेपालको मुख्य पेसा कृषिलाई मान्दै आएको पाइन्छ । अधिकांश नेपालीहरु आज पनि कृषि पेसामा संलग्न छन् र यसलाई आफ्नो आयआर्जनको मुख्य स्रोत बनाएका छन् । कृषि पेसालाई आयआर्जनको मुख्य स्रोत बनाउँदै गर्दा नेपाली किसानहरुले यससँग सम्बन्धित् विभिन्न समस्याहरु झेल्दै आउनुपरेको पाइन्छ । यिनै समस्याहरुमध्ये उन्नत जातको बिउ र उचित बिउबिजन पर्याप्त मात्रामा साथै समयमा उपलब्ध नहुनु पनि एउटा मुख्य समस्या मानिदै आएको छ । विश्वभर यतिबेला कोरोना भाइरस (कोभिड–१९) जस्तो भयावह महामारीबाट ग्रसित छ । यस विषम् परिस्थितिमा कृषि क्षेत्र अझै भन्नुपर्दा किसानलाई बिउबिजनको उपलब्धिमा ठुलो समस्या देखिएको छ ।

कोरोनाको महामारीसँगै नेपालमा लकडाउन भयो । उक्त समयमा नेपाली किसानले आफ्नो मुख्य आन्नबाली मकै, धान आदिको बिउ बजारमा पाउन निकै कठिन परेको यथार्थता हामीसँग छ । एक त बिउबिजन बजारमा उपलब्ध नहुन त्यसका साथसाथै एग्रोभेटहरु पनि लकडाउन भए लगत्तै पूर्ण रुपमा बन्द रहेको कारण किसानहरु ठुलो मर्कामÞा परेको पाइन्छ । एग्रोभेटले स्टकमा राखेको बिउ पनि बन्दका कारण किसान समक्ष उपलब्ध गराउन नसकेको पनि पाइएको छ । त्यसका साथसाथै यातायातका साधनहरु पनि संचालनमा नभएका कारण बिउको ओसारपसारमा समस्या आएको देखिन्छ ।

यो पनि पढ्नुहोस् ...  निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस र हाम्रो अवस्था

बिउबिजनका साथ–साथै किटनासक औषधी, मल, तथा अन्य कृषिजन्य सामग्रीको आभाव नेपाली किसानले भोग्नुपरेका समस्याहरु हुन् । यस्ता समस्याहरुको कारण किसानले लगाएको बिउ राम्रोसँग नउम्रिने, उम्रिएता पनि उचित तरिकाले बाली नासप्रिने र मनकाय फलको प्राप्ति नहुनु जस्ता समस्याहरु भोग्नु परेको आजका हाम्रा विभिन्न संचार माध्यमहरुले जानकारी गराएका छन् । राष्ट्रको आर्थन्त्रमा नै यति ठुलो क्षति भएको आवस्थामा पनि विभिन्न बिउबिजन तथा अन्य कृषिजन्य पदार्थ उत्पादन गर्ने कम्पनी र विभिन्न एग्रोभेटहरुले किसानलाई ठगि गरेको पनि भेटिएको छ । सुचिकृत बिउबिजनको नाउमा सोझा किसानलाई गुणस्तरहिन बिउबिजनको उपलब्ध गराएको पाइएको छ बिउको तोकिएको मूल्यभन्दा निकै बढी पैसा असुल गरेर गाउँठाउँका सोझा किसानलाई फसाएको पनि विभिन्न ठाउँहरुमा भेटिएको छ ।

यो पनि पढ्नुहोस् ...  भूकम्पको धक्कालेभन्दा कुलमानको बिदाईले जनता दुःखी अनि त्रसित छन्

त्यसो त कोभिडले नेपालमा जस्तै विश्वभर समस्याहरु ननिम्त्याएको भने होइन । नेपालमा कोरोनाका कारण उत्पन्न मुख्य समस्याहरुलाई हेरौँ :
– उन्नतजात तथा सुचिकृत गरिएको बिउबिजनको कमि
– किटनासक बिषादी , मल तथा अन्य कृषिजन्य बस्तुको आभाव,
– विभिन्न एग्रोभेटहरु ले सुचुक्रित बिउबिजनको नाउमा गुणस्तरहीन बिउ उपलब्ध गराएर सोझा किसानको ठगि,
– एग्रोभेटहरुद्वारा बिउको तोकिएको मूल्यभन्दा निकै बढी पैसा असुल,
– उन्नत जातको बिउबिजन तथा अन्य कृषिजन्य वस्तुको कमीले किसानको बालीमा ठूलो क्षति,
– भविष्यमा खाध्य संकट देखापर्न सक्ने सम्भावना

 उल्लेखित समस्याहरुको समाधानका लागि अपनाउनु पर्ने उपायहरु :
– कृषि नेपालीको मुख्य पेसा भएको कारण यसलाई आवस्यक सामाग्रीहरु राष्ट्रिय स्तरबाट नै किसानसमक्ष्य उपलब्ध गराउनु पर्ने,
– रसायनिक मल तथा किटनासक बिषादीको कम आपूर्तिको लागि प्रांगारिक मल प्रयोगमा ल्याउने र जैविक तथा घरेलु बिसादीको जानकारी किसन्समक्ष्य पुर्याउने,
– सुचिकृत बिउबिजनको मात्र बिक्रीवितरण गरिनुपर्ने,
– तोकिएको भन्दा बढी मूल्य असुल गरेर ठगि गर्न खोज्नेलाई कडा भन्दा कडा कारवाही गरिनुपर्ने,
– किसानहरुलाई उन्नतजातका तथा सुचिकृत बिउबिजनको बारेमा उचित तालिमको बेवस्था गरिनुपर्ने,
– मानिसलाई आवश्यक अन्य वस्तुहरु विभिन्न डिजिटल प्रणाली अनुसार उपलब्ध भएजस्तै कृषिजन्य सामग्रीको पनि यसै अनुरुप बिक्रीवितरण गरिनुपर्ने ।

-पक्लिहवा कृषि क्याम्पस

यो पनि पढ्नुहोस् ...  बाबुरामको प्रस्ताव, ‘कृषि गर्नेलाई जमिन दिऔं, थुपारिएको सम्पत्तिमाथि कर लगाऔं’