१३ कार्तिक २०७७, बिहीबार

नगर प्रमुख कोषबाट विपन्न समुदायलाई मिल उपहार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १३ कार्तिक २०७७, बिहीबार समाचार
43Views
Shares

प्युठान । नगर प्रमुख कोषबाट यहाँका विपन्न समुदायलाई मिल उपहार दिइएको छ । प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले आफ्नो मासिक पारिश्रमिकबाट स्थापना गरिएको कोषबाट नगरपालिकाका चार विपन्न समुदायला मिल सहयोग गर्नुभएको हो ।

प्युठान–८ धर्मावती, बाङ्गेका करीब ४० घरधुरी रहेका दलित समुदायलाई बुधबार मिल वितरण गरिएको हो । नगर प्रमुख कक्षपतिका अनुसार नगरका तीन वटा वडाका माझकोट, धर्मावतीको बाङ्गे, तिखाचुली र जुम्रीका दलित समुदायलाई मिल उपलब्ध गराइएको हो ।

यो पनि पढ्नुहोस् ...  गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएपछी किसान हर्षित

विपन्न तथा पछाडि परेका समुदायको उत्थानका लागि नगरपालिकाले पहिलो प्राथमिकता दिएको जनाउँदै नगर प्रमुख कक्षपतिले भन्नुभयो, “जनताका सपना पूरा गर्न बाँकी छ, हामी जनमैत्री शासनको अभ्यासमा सक्दो प्रयास गरिरहेका छौंँ ।”

यो पनि पढ्नुहोस् ...  घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत

कुटानीपिसानीका लागि दैनिक चार घण्टा बढी खर्चिनुपर्ने बाध्यता टर्ने स्थानीयवासीले बताएका छन् । विद्यालय छुटाएर नातिनातिनालाई मिलमा पठाउनुपर्ने बाध्यता हटेको ६५ वर्षीया पिमा नेपालीले बताउनुभयो । त्यसैगरी नगर प्रमुख कक्षपतिले आफ्नो पारिश्रमिक कटाई संकलन गरेको प्रमुख कोषबाट रु एक लाख ४८ हजारको कम्बाइन मिल उपहार प्रदान गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् ...  उपत्यकाको चक्रपथभित्र आज विजोर नम्बर प्लेटका सवारीसाधान मात्रै चल्ने

उहाँले धर्मावतीको दम्तीमा मन्दिर निर्माणका लागि रु २५ हजार, वडा नं १ तल्लो क्वाडीको प्रतीक्षालयका लागि रु २५ हजार, वडा नंं ४ विजुवार हल्दीखोला निवासी विपन्न तथा रोगी चत्तुरसिं नेपालीलाई औषधोपचारका लागि रु ४० हजार पनि सहयोग गर्नुभएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार