१२ कार्तिक २०७७, बुधबार

समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएपछि मिक्लाजुङमा निषेधाज्ञा जारी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ कार्तिक २०७७, बुधबार कोरोना [Covid-19] विशेष
47Views
Shares

काठमाण्डौ । मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मिक्लाजुङ–४ रबीका छ स्थानीयवासीमा सङ्क्रमण देखिएपछि आजदेखि कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले औषधि पसल, दूध र दुग्धजन्यबाहेक व्यापार व्यवसाय बन्द गर्नाका साथै ग्रामीण भेगमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै शववाहन, एम्बुलेन्स र निर्माण सामग्री ढुवानी गर्ने साधनबाहेक सम्पूर्ण सवारीका साधनसमेत उक्त अवधिका लागि बन्द गरिएको गाउँपालिकाद्वारा आज जारी सूचनामा उल्लेख छ ।

यो पनि पढ्नुहोस् ...  'प्रचण्ड' निवासका थप २ जनामा कोरोना पुष्टि

गाउँपालिका स्वास्थ्य एकाइका प्रमुख अग्नि चम्लागाईँका अनुसार यही कात्तिक ४ गते झापाको दमकबाट रबी आएकी एक महिलामा गरिएको परीक्षणमा कोभिड–१९ सङ्क्रमण देखिएको थियो । आज सङ्क्रमित महिलाको सम्पर्कमा रहेका उनका एक छोरा तथा उनी बस्दै आएको घरका तीन महिला र एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । छ सङ्क्रमितमध्ये एकलाई ज्वरोसहित कोरोना भाइरस सङ्क्रमणका लक्षण देखिएको चम्लागाईंले जानकारी दिए । उनीहरुमध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र रबीको कोभिड–१९ अस्थायी अस्पतालमा राखिएको छ भने चार जना होम आइसोलेशनमा छन् । पाँचथरमा पहिलो पटक समुदायमा कोभिड–१९ सङ्क्रमण देखिएको हो ।

यो पनि पढ्नुहोस् ...  उच्च अदालत जनकपुरधामका न्यायाधीशमा कोरोना संक्रमण

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार