११ कार्तिक २०७७, मंगलवार

अज्ञात व्यक्तिहरुको आक्रमणबाट एक ब्यक्ती खुट्टा छिनिएको अवस्थामा फेला

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ कार्तिक २०७७, मंगलवार समाचार
17Views
Shares

काठमाडौं। दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बाँया खुट्टा छिनिएका अवस्थामा फेला परेका हुन् ।

यो पनि पढ्नुहोस् ...  चितवन हात्ती महोत्सवअन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइयो

खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेपछि उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो । प्रनाउ सिंहका अनुसार अत्यधिक रक्तस्राब भएकाले कोहलपुरबाट पनि काठमाडौँ लैजाने तयारी भएको छ ।

यो पनि पढ्नुहोस् ...  आज १७ औँ निजामती सेवा दिवस मनाइँदै

उनी गोलौरीमा भान्जाको विहे खान गएको र त्यहाँबाट घर फर्किने क्रममा पढ्ढा र गोलौरी बीचको एकान्त स्थलमा अपरिचित समूहले साङ्घातिक आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाइ छ । आक्रमण गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन । खोजी कार्य भने जारी रहेको प्रनाउ सिंहले बताए ।रासस

यो पनि पढ्नुहोस् ...  आलमको पक्षमा कालोपटीसहित रौतहटमा जुलुस

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार