१० कार्तिक २०७७, सोमबार

पछिल्लो २४ घन्टा यता कुन जिल्लामा कति कोरोना संक्रमित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १० कार्तिक २०७७, सोमबार कोरोना [Covid-19] विशेष
41Views
Shares

काठमाडौं।पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ७४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा पाँच हजार ६ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म एक लाख १५ हजार ६७५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा चार हजार पाँच जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

यो पनि पढ्नुहोस् ...  स्थायी कमिटि बैठकमा प्रधानमन्त्रीले भने, ‘बहुमतको खेलले पार्टी विभाजनको संघारमा पुग्यो’

हाल देशभर ४३ हजार २९३ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल दुई हजार ९६९ जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर आज थपिएका सङ्क्रमितमा प्रदेश नं १ को उदयपुरका एक, झापामा ५०, ताप्लेजुङ्को एक, मोरङ्का १३, सुनसरीका एक सय ८५, प्रदेश नं २ को धनुषाका १२, बाराका पाँच, महोत्तरीका १४, सप्तरीका २९ र सिरहाका दुई, बागमती प्रदेशको काभ्रेका ५९, चितवनका २४, दोलखाका ७, धादिङ्का २४, नुवाकोटका ८, मकवानपुरका २९, रोमछापका ४, सिन्धुपाल्चोेकका दुई तथा सिन्धुलीका पाँच, गण्डकी प्रदेशका कास्कीका १०१, गोरखाका एक, तनहुँका १५, नवलपरासी पूर्वका ६०, लुम्बिनी प्रदेशका अर्घाखाँचीका ३३, कपिलवस्तुका २२, गुल्मीका ६, दाङ्का तीन, नवलपरासीका सात, पाल्पाका एक, प्युठानका चार, बाँकेका १२ तथा रुपन्देहीका ५८, कर्णाली प्रदेशका दैलेखका पाँच, जुम्लाका एक र रुकुम पश्चिमका एक तथा सुदूरपश्चिम प्रदेशका अछामका एक, कञ्चनपुरका एक तथा दार्चुलाका एक जना रहेका छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार