९ कार्तिक २०७७, आईतवार

लकडाउन विरुद्ध इटलीको नेपल्समा प्रदर्शन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ९ कार्तिक २०७७, आईतवार समाचार
31Views
Shares

एजेन्सी । इटलीको तेस्रो ठूलो शहर नेपल्समा लकडाउनको अवज्ञा गर्दै ठूलो विरोध प्रदर्शन भएको छ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा फेरि बढ्न थालेपछि गर्भनर भिन्सेन्जो डि लुकाले यहाँ ४० दिने लकडाउन घोषणा गरेका थिए । तर, आक्रोशित बनेकाहरुले स्वतन्त्रताको नारा लगाउँदै आन्दोलन थाले ।

शुक्रबार राति यहाँका सडकमा उनीहरुले विरोध प्रदर्शन गरे । त्यसक्रममा उनीहरुले प्रहरीमाथि पनि आक्रमण गरे । आन्दोलनकारीहरुले बोतल, पटाका र अन्य वस्तुहरु प्रहरीतर्फ फ्याँकेका थिए । प्रहरीले पनि अश्रुुग्याँस प्रहार गरेर आन्दोलनकारीलाई तितर–वितर पार्न खोजेको थियो ।

यो पनि पढ्नुहोस् ...  नेकपामा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु

महामारी सुरु भएयता राष्ट्रव्यापी रुपमा कडा लकडाउन गर्ने इटली पहिलो देश थियो । यहाँ, कोरोना भाइरस महामारीका कारण स्वास्थप्रणाली नै संकटमा परेपछि ९ मार्चदेखि नै लकडाउन भएको थियो । पहिलो लहरका दौरान यहाँको उत्तरी लोम्बार्डी क्षेत्र सबैभन्दा धेरै प्रभावित भयो । जब दैनिक नयाँ कोभिड १९ संक्रमितहरुको संख्या घट्न थाल्यो,  तब इटलीले बिस्तारै लकडाउन खुकुलो ग¥यो । यद्यपी, पछिल्लो समय फेरि युरोपमा दोस्रो लहर देखिएको छ । जसकारण बाध्य भएर इटलीका अधिकारीहरुले फेरि लकडाउन गरे ।

यो पनि पढ्नुहोस् ...  बैंकमा कार्यरत सुरक्षा गार्डमाथी खुकुरी प्रहार

बुधबार इटलीका प्रधानमन्त्री जोसेप्पे कोन्टेले भाइरससँग लड्नका लागि जनताले अनावश्यक यात्रा नगर्नेलगायत ‘सानो त्याग’ गर्नसके सरकारले कडाइ गर्नुनपर्ने बताएका थिए । इटलीमा शुक्रबार एकैदिन कोभिड १९ का १९ हजार १ सय ४३ नयाँ संक्रमित देखिएका छन्, जो महामारी सुरु भएयताकै उच्च हो ।

यो पनि पढ्नुहोस् ...  दशैंमा मासुको अभाव हुँदैन्, बजार अनुगमनमा म आफैं निस्किन्छु ः मन्त्री खनाल

यसअघि बिहीबार १६ हजार ७८ जना संक्रमित भेटिएका थिए । इटलीमा कुल संक्रमितको संख्या ४ लाख ८४ हजार नाघेको छ । ३७ हजार ५२ जनाले ज्यान गुमाएका छन् भने २ लाख ६२ हजार निको भइसकेका छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार