७ कार्तिक २०७७, शुक्रबार

थानकोट–चित्लाङ गणेशमान मार्ग सडकखण्डको साढे २२ किलोमिटर सडक स्तरोन्नति

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ कार्तिक २०७७, शुक्रबार समाचार
55Views
Shares

हेटौंडा । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुरको थाहानगरपालिका–९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट–चित्लाङ गणेशमान मार्ग सडकखण्डको साढे २२ किलोमिटर सडकलाई अहिले स्तरोन्नति गर्ने कामलाई तीव्रता दिइएको छ । अहिले त्रिभुवन राजपथअन्तर्गत पर्ने काठमाडौँतर्फको चन्द्रागिरि नगरपालिका–४ र ७ मा पर्ने थानकोटदेखि करीब चार किलोमिटर सडकको पहाडका ढुङ्गाहरु फोरी सडकलाई फराकिलो गर्ने कार्य भइरहेको थानकोट–चित्लाङ–गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष तथा वाग्मती प्रदेशसभाका सदस्य रमा आलेमगरले बताइन् ।

यो पनि पढ्नुहोस् ...  बालकुमारीस्थित एक फोहोर थुपारिएको क्षेत्रमा आगलागी, नियन्त्रणको प्रयास

उनले थानकोटदेखि चित्लाङसम्म जोड्ने साढे २२ किलोमिटर सडकलाई फराकिलो, ढल निर्माणका साथै ग्राभेलसमेत गर्ने गरी आगामी वर्षको वैशाखसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिइन् । उक्त सडकको स्तरोन्नति गर्न सङ्घीय सरकारले अहिले रु १३ करोड उपलब्ध गराएको र दोस्रो चरणमा उक्त सडकलाई कालोपत्र र ढलमा स्ल्याब निर्माण गर्ने कार्यका लागि वाग्मती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने भएको प्रदेशसभा सदस्य मगरले उल्लेख गरिन् ।

यो पनि पढ्नुहोस् ...  मलेसिया सरकारले कामदारको पारिश्रमिक बृद्धि गर्ने

यसैगरी, चित्लाङदेखि कुन्छालसम्म जोड्ने करीब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्नेतर्फ निर्माण कार्यलाई तीव्रता दिइएको छ । केही हप्ताभित्रै कुन्छालदेखि चित्लाङसम्मको सडकखण्डमा हल्का सवारीसाधनहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि थानकोट–चित्लाङ गणेशमान सरोकार समितिले जनाएको छ । चित्लाङ–थानकोट सडकको स्तरोन्नति गरिएपछि काठमाडौँका उपभोक्ताहरुलाई मकवानपुरको हेटौँडा र दामन, पालुङबाट मौसमी तरकारी, फलफूल, खाद्यान्न, इन्धन र औषधिलगायत अन्य सामग्रीहरु उपलब्ध गराउन प्रत्यक्ष लाभ पुग्ने भएको थाहानगरपालिकाका प्रमुख लवशेर विष्टले बताए ।

यो पनि पढ्नुहोस् ...  कोरोनाभाइरस : अमेरिकामा ३० हजार भन्दा बढीको मृत्यु, ६ लाख बढी संक्रमित

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार