७ कार्तिक २०७७, शुक्रबार

मन्त्री लिलानाथ श्रेष्ठलाई गृह जिल्लामा सम्मान

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ कार्तिक २०७७, शुक्रबार २ नं. प्रदेश
88Views
Shares

गणेश कुमार ठाकुर,सिरहा । महिला,बालबालीका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई सम्मान गर्न नरहा गाउँपालिकामा आयोजित स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नरहा गाउँपालिकाका अध्यक्ष रामसरण यादवको अध्यक्षतामा प्रमुख अतिथि मन्त्री श्रेष्ठले आफू महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्राालयको जिम्मेवारी पाएकोले आफ्नै कार्यकालमा नै जेष्ठ नागरिकले पाउने भत्ता ५ हजार पुर्याइने बताउनु भएको छ ।

यो पनि पढ्नुहोस् ...  आठ लाख बराबरको दुई सय फाइबर ग्लास डस्टबिन हस्तान्तरण

“प्रदेशमा सबै सुबिधा सम्पन्न भएको ठाउँमा शिक्षामा बिकास नहुनुमा केवल सरकारमात्र दोषी हो त, हाम्रो सम्बिधानले १६ वटा मौलिलक अधिकार उल्लेख गरेकोमा ८ कक्षासम्म अनिवार्य शिक्षा, माध्यमिक तहसम्म नि:शुल्क शिक्षा तथा दलितलाई उच्च शिक्षा सम्मको व्यवस्था भएको उल्लेख छ तर स्कूलको ढोकासम्म पुर्याउने काम त अभिभावक कै हो तर अहिले विद्यालय जानु भन्दा बढी बालबालिका दुर्व्यसनमा लागेका, मादक पदार्थको प्रयोग गरेर अभिभावकहरुले कहालीलाग्दो जीवन बिततताउनु परेको छ भने अशिक्षाकै कारणले महिला हिंसा बृद्धि भइ रहेको छ । त्यसैले सबभन्दा पहिले शिक्षामा विकास हुनु पर्दछ अनि मात्र देशमा सम्रिद्धी आउन सक्छ ।”

यो पनि पढ्नुहोस् ...  मुलुकमा हुने नीतिगत भ्रष्टाचारलाई निरुत्साहित गर्नुपर्नेमा मुख्यमन्त्री गुरुङको जोड

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य जगतारैन देवी साह, अतिथिहरुमा प्रदेशसभा सदस्य दीपेन्द्र कुमार यादव, जि.स.स. उप प्रमुख सरोज कुमार यादव, गाँउपालिकाका उपाध्यक्ष गुलाव देवी चौधरी,बिभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास लगायत पूर्व प्रधानाध्यापक पाण्डव यादव,तथा पूर्व शिक्षकहरुको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस् ...  अदालतको आदेशपछि सिरहाका २१ कैदी छुटे

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार