आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन मुख्यमन्त्री पौडेलको आग्रह

उज्यालो प्रतिनिधि ७ कार्तिक २०७७, शुक्रबार बागमती

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्भव भएसम्म यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रह गर्नुभएको छ । विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले चाडपर्व मनाइरहँदा कोरोना सङ्क्रमणको जोखिमबाट बच्न विश्व स्थास्थ्य सङ्गठन तथा नेपाल सरकारले तय गरेका स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्न अनुरोध गर्नुभएको छ ।

उहाँले सरकारले कारोना महामारी नियन्त्रण तथा उपचारमा यथासम्भव प्रयत्न गरिरहेको जनाउँदै यस प्रयासमा नागरिकको साथको उत्तिकै महत्व रहेको औँल्याउनुभएको छ । होम आइसोलेशनमा रहनुभएका मुख्यमन्त्री पौडेलले धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाइने बडादशैँ, तिहार, छठ, नेपाल संवत्लगायत पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै आपसी प्रेम, सद्भावना र भ्रातृत्वको विकासमा चाडबाडले महत्वपूर्ण योगदान पु¥याउँदै जनाउनुभएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार