उपत्यकामा थप २७ सय २० जना नयाँ कोरोना संक्रमित थपिए

उज्यालो प्रतिनिधि ७ कार्तिक २०७७, शुक्रबार कोरोना [Covid-19] विशेष

काठमाडौँ । काठमाडौं उपत्यकामा थप २७ सय २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको र सक्रिय संक्रमितको संख्या हालसम्म ४६ हजार ६९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २ हजार ६ सय ६८ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार