७ कार्तिक २०७७, शुक्रबार

आज फूलपाती अर्थात् कालरात्री

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ कार्तिक २०७७, शुक्रबार समाचार
176Views
Shares

काठमाडौं । आजदेखि हिन्दुहरुको दशैंको खास दिन शुभारम्भ हुन्छ । आजको दिनलाई लोकभाषामा फूलपाती भन्छिन् । चाड मनाउन घर फकर्नेहरु प्रायः आजैका दिन आफ्नो गाउाघरमा पुगिसक्ने प्रचलन छ ।

आजको दिनलाई शास्त्रीय रुश्रपमा कालरात्री भन्ने गरिन्छ । माता दुर्गाको सातौंं शक्तिलाई कालरात्रीको नामबाट चिनिन्छ । देवी कालरात्रीको पूजा आरधना गरी सप्तमी तिथि मनाइन्छ । यस दिनलाई फूलपाती भित्र्याउने दिनका रुपमा मनाइन्छ ।

यो पनि पढ्नुहोस् ...  झुटो विवरणका आधारमा नागरिकता लिने उद्योगी पक्राउ

कालरात्रीको पूजा उपासना गर्ने विधि पनि फरक-फरक छन् । आजका दिन साधका मन सहस्र चक्रमा स्थिर हुने र ब्रह्माण्डका समस्त ढोका खुल्छन् भन्ने मान्यता छ ।

देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । कालरात्रीमा देवीलाई कतिपयले बली दिन्छन् ।

यो पनि पढ्नुहोस् ...  सिरहामा सांसद साहद्वारा डोम जातिको बसोबासको लागि घरको शिलान्यास

असूरको बध गरेर बिजयी भएकी कालरात्री देवीको एक हातमा तरबार र अर्को हातमा असूरको टाउको हुन्छ । कालरात्री देवीको बाहन गधा हो । कालो रातमा असूर शक्तिको बध गर्ने देवीको कााधमा बिजुलीजस्तै चम्किलो माला रहेको विश्वास गरिन्छ ।

यो पनि पढ्नुहोस् ...  पवन र सन्दीपको उत्कृष्ट अर्धशतकीयले बंगलादेशलाई ठूलो विजयी लक्ष्य खडा

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार