६ कार्तिक २०७७, बिहीबार

कात्तिकेबाट साँखुतर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ कार्तिक २०७७, बिहीबार समाचार
164Views
Shares

काठमाडौं । काठमाडौंको साँखुतर्फ आइरहेको अटो पल्टँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान कात्तिकेभङ्ज्याङ हुँदै साँखुतर्फ आइरहेको बागमती प्रदश १३५७ नम्बरको अटो पल्टँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, अन्य ४ जना घाइते भएका छन् । घाइतेको उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री, आज न सचिव न मन्त्री

स्थानियले उज्यालो नेटवर्कलाई दिएको जानकारी अनुसार घाइतेहरुलाई साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल भर्ना गरिएको छ । चालकको लापरबाहीका कारण दुर्घटना भएको स्थानियले जानकारी दिए । दुर्घटना लगत्तै चालक भने फरार भएका छन् ।

यो पनि पढ्नुहोस् ...  पत्रकारलाई जागिरबाट निकाल्दा जनताको आवाज बन्द हुन्छ : अध्यक्ष आचार्य

त्यहाँ उपस्थित स्थानियका अनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका चालकले अटो चलाएका थिए । त्यहाँस्थित अटो व्यवसायी समितिको लापरबाहीका कारण अनुमति पत्र नभएका सवारी चालकलाई चलाउन दिँदा दुर्घटना भएको स्थानिय राजकुमार बस्ताकोटीले उज्यालो नेटवर्कलाई जानकारी दिए । उनले भने, ‘चालकसहित ६ जना चढेर केही बोरा सहित जाँदा ओभरलोड भएर दुर्घटना भएजस्तो प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’ चालकको लाइसेन्स नभको र घटना घट्नेबित्तिकै त्यहाँबाट भागेको उनले बताए ।

यो पनि पढ्नुहोस् ...  नेपाली नेतृत्वको अडान नहुँदा भारतले हेपेको हो : भट्टराई

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार