६ कार्तिक २०७७, बिहीबार

शाख्तार संग रियलको लज्जास्पद हार ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ कार्तिक २०७७, बिहीबार खेल
33Views
Shares

काठमाडौं । दोस्रो रोजाइका खेलाडी उतारेको युक्रेनियन टोली शाख्तार डोनेस्कसँग १३ पटकको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा पराजित भएको छ । कारोनाभाइरसको संक्रमणका कारण युक्रेनियन टोली पहिलो रोजाइका १३ खेलाडी बिना नै युवा खेलाडीहरुलाई लिएर म्याड्रिड आएको थियो । तर, लुइस कास्ट्रोको युवा टोलीले रियलविरुद्ध ३–२ को ऐतिहासिक जित हासिल गर्न सफल रह्यो ।

यो पनि पढ्नुहोस् ...  वल्भ्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

शनिबारको एल क्लासिकोलाई मध्य नजर राख्दै जिदानले खेलाडीहरुलाई आराम दिनु प्रत्युत्यपादक बन्यो । पहिलो हाफमा नै शाख्तारले ३–० को अग्रता दिएको थियो । टेटेले भरान र मार्सेलोको गल्तीको फाइदा उठाउँदै शाख्तारलाई अग्रता दिलाए भने भरानको आत्मघाती गोलले पाहुना टोलीको अग्रता दोब्बर भयो ।  पहिलो हाफको अन्त्यतिर सोलोमोनले तेस्रो गोल थपे ।

यो पनि पढ्नुहोस् ...  भारतका खेल प्रशिक्षण संस्थाहरुलाई राहतको घोषणा

दोस्रो हाफमा आराम दिइएका करिम बेन्जेमालाई मैदानमा उतारेपछि रियलले केही सुधारिएको प्रदर्शन गर्यो । लुका मोड्रिच र भिनिसियस जुनियरले दोस्रो हाफमा गोल फर्काए पनि रियल खेलमा फर्कन सकेन ।

रियलले युरोपियन कप प्रतियोगितामा लगातार तीन खेल हारेको सन् १९८६ पछि पहिलो पटक हो । खेलपछि रियलका म्यानेजर जिनेदिन जिदानले हारको जिम्मेवारी लिए ।

यो पनि पढ्नुहोस् ...  लुकाकुले इन्टरमा शानदार प्रदर्शन,दर्शकको व्यावहारबाट भने आजित

समूहको अर्को खेलमा इन्टर मिलान र बोरुसिया मोचेनग्ल्याडब्यचले २–२ को बराबरी खेले ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार