६ कार्तिक २०७७, बिहीबार

मङ्सिर ९ देखि कक्षा १२ को परिक्षा सञ्चालन गरिने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ६ कार्तिक २०७७, बिहीबार शिक्षा
65Views
Shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेबाट सञ्चालन गरिने भएको छ । सरकारले स्थगित परीक्षा सञ्चालन गर्न सक्ने अधिकार दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा कार्यतालिका सार्वजनिक गरेको हो ।

यो पनि पढ्नुहोस् ...  बिहान उठ्ने बितिक्कै के गर्ने के नगर्ने ?

मङ्सिर ९ गतेबाट सुरु भएको परीक्षा १६ गतेसम्म सञ्चालन हुनेछ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अब परीक्षाको तयारी सुरु गरिने जानकारी दिनुभयो । बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस पटक छोटो खालको परीक्षा लिइने भएको छ ।

जसअनुसार बढीमा डेढ घण्टाको परीक्षा लिइने भएको छ । यसका साथै विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिनेछ । साथै कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिनेछ ।

यो पनि पढ्नुहोस् ...  पढ्ने र तास खेल्ने व्यक्तिलाई पालगपनको समस्या कम : अध्यन

यस पटक विद्यार्थीलाई होमसेन्टरको सुविधा दिइने भएको छ । परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै परीक्षा लिइने जनाइएको छ । कोरोना भाइरस सङ्क्रमण बढेपछि गत वैशाखका लागि तय गरिएको परीक्षा कार्यक्रम सरकारले स्थगित गरेको थियो ।  

यो पनि पढ्नुहोस् ...  आज २०७६ साउन १० गतेको तपाईंको भाग्य

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार