गण्डकी प्रदेशमा २४ घण्टामा ८६ जना संक्रमन

उज्यालो प्रतिनिधि ५ कार्तिक २०७७, बुधबार फोटो समाचार

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा ३४६ जनाको कोरोना परीक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा २४ घण्टा अवधिमा ४० जना सङ्क्रमित निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या छ हजार १७३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा सङ्क्रमणका कारण हालसम्म कुल ५८ जनाको मृत्यु भएको छ । त्यस्तै तीन हजार ७१९ जना निको भएको र  सक्रिय सङ्क्रमितको संख्या दुई हजार ३९६ पुगेको निर्देशनालयले जनाएको छ । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार