काभ्रे । बेथानचोक गाउॅंपालिका-५, च्यासिंखर्कले गाउँ-गाउँमा पुग्ने सडकहरु मर्मत गरिएको छ । वडा सदस्य सुकलाल भ्लोन(सुकु) ले दिनु भएको जानकारी अनुसार दशैंमा स्थानीयको बढि आवतजावतलाई ख्याल गर्दै मुख्य सडक गाउॅंगाउॅं पुग्ने बाटो सफा तथा मर्मत वडा कार्यालयले गरिएको हो । वर्षातका कारण ठाउँठाउँमा पहिरो तथा ढुंगा,माटोको ढिस्को खसेर अस्तव्यस्त बनेका यहाँका आधा दर्जन सडकहरु सफा तथा मर्मत गरेका हुन ।
यी ठाउँमा पुग्ने सडकको गरे वडा कार्यालयले सफा र मर्मत
खोपासी-तालढुंगा सडक खण्ड अन्तर्गत पर्ने वडा नम्बर -४ पट्गाउँबेसी देखी कामीडाँडाको छापडाॅंडा, वाईबाडाॅंडादेखी गोलेटोल बेतेनी खोला, छापडाॅंडादेखी लड्कूखोला पौॅंवा, तल्लो गोठडाँडादेखी माथिल्लो गोठडाॅंडा, वाईबाडाँडादेखी एतिहासिक धार्मिक क्षेत्रको रुपमा चिनिने कपेर महाँकाल मन्दिर जानेसम्म, च्याल्टा थलीडाॅंडा, च्याल्टी चिसापानीडाॅंडा र मुख्य सडक च्याल्टीदेखी च्याल्टी भन्झ्याडं लगायतका गाउँमा पुग्ने सडक खण्डहरु सफा तथा मर्मत गरेको वडाध्यक्ष खजेन्ची बहादुर लामाले जानकारी दिनुभयो । वडाको यो सडकहरुमा वर्षातका समय खसेको ढुंगा माटोसहितको ढिस्कोले सवारी साधन सञ्चालन गर्न जोखिम रहेको थियो ।
दशै अगाडी आफ्ना क्षेत्रका मुख्य सडकहरु सफा गरी यातायात सञ्चालनमा सहज पुगेको अध्यक्ष लामाको भनाई छ । यसरी वडा कार्यालयले सडक मर्मत तथा सफा गरेपछि वडाबासीलाई सहज भएको स्थानीयहरु बताउॅंछन ।