च्यासिंखर्कमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

उज्यालो प्रतिनिधि ३ कार्तिक २०७७, सोमबार फोटो समाचार

काभ्रे । बेथानचोक गाउॅंपालिका-५, च्यासिंखर्कले हिजो(शनिबार) सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगेर वितरण गरेको छ ।दशैको अवसर पारेर वडा कार्यलयमा बसेको बैठकले घुम्ती प्रणालीबाट टोलटोलमा वितरण गरेको हो ।

टोल-टोलमा वडाबाट प्रवाह गरिने सेवा सुविधालाई छिटो छरितो र जनमैत्री बनाउने उदेश्यले दशैलाई लक्षित गरी बृद्द भत्ता बितरण गरिएको वडा सदस्य शुकलाल भ्लोल(सुकु)ले जानकारी दिनु भयो ।

उहाँका अनुसार वाइबाडाँडा, च्याल्टी र मदनबासमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो । बृद्वभत्ता पाएपछि दशै मनाउन पाउने भन्दै बृद्वबृद्वाहरु खुसी भएका थिए । उनीहरुले ४/४ महिनामा १ महिनाको ३ हजारको दरले पाउॅंने गरेका छन ।

सबैको लायक र पायक पर्ने नयाँ भवनबाट सेवा सुबिधा
वडा अध्यक्ष खजेन्ची बहादुर लामाले सामाजिक सुरक्षा भत्ता मात्रै नभई अब हरेक सेवा सुबिधा वाईबाडाॅंडामा रहेको नयाॅं भवनबाट दिने अन्तिम तयारी भइरहेको बताउॅंनु भयो । दसै तिहार लगातै नयाॅं भवनबाट सेवा प्रबाह गर्ने छौॅं अनुगमन पनि भईसकेको छ उहाॅंले भन्नु भयो -“ सबैको पायक पर्ने र लायकको ठाउॅं पनि हो साबिक च्यासिंखर्क गा.बि.सको वडा नम्बर १ देखि ९ वडाकै जनतालाई छिटोछरितो सञ्चालनमा ल्याउने छौॅं ।” वडा अध्यक्ष लामाले वडा कार्यालयले मोटरबाटो निर्माणका लागि बजेट बिनियोजन गरी टोलटोलमा पुर्याएकोले कार्यालयसम्म आउन सहज भएको समेत बताउॅंनु भयो । उनका अनुसार वाइबाडाँडामा रहेको पुरानो संरचना द्वन्द्दकालमा तत्कालिन बिद्रोही माओवादीले जलाएपछि भवनविहिन रहेको थियो ।

संघिय संरचानासंगै नयाॅं व्यबस्था लागु भएपछि च्याल्टीमा भूकम्पपीडितको लागि निर्माण गरिएको आवासबाट अस्थायी रुपका कार्यालय सञ्चालन गरिदै आईरहेको थियो । अब वडा कार्यालयले वाईबाडाॅंडामा रहेको आफ्नै भवनबाट सेवा सुबिधा दिने तयारी गरिरहेका छन । सबैलाई पायक पर्ने ठाउॅंबाट सेवा सुबिधा पाउने भएपछि ख:सी भएको स्थानीयहरु बताउॅंछन ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार