काभ्रे । जिल्लाको बेथानचोक गाउॅंपालिका-५, कामीडाॅंडामा खानेपानी सम्बन्धी ३ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
शान्ति जनआदर्श सेवा केन्द्रको प्राबिधिक सहयोग्, ग्रामीण खानेपानी तथा सरसफाइ कोष बिकास समितीको आर्थिक सहयोग र कपेरस्महाॅंकाल खानेपानी तथा सरसफाईको आयोजनामा तालिम सम्पन्न भएको हो ।
वडा अध्यक्ष खजेन्ची बहादुर लामाको प्रमुख अतिथिमा सम्पन्न भएको तालिममा उपभोक्त समिति र महिला प्राबिधिक सेवा समूह भिएम(VMW) लगायतका करिब ५ दर्जन सहभागीलाई तालिम प्रदान गरिएको थियो ।
नमुना च्यासिंखर्क बनाउॅछौॅं: खजेन्ची
तालिम सम्पन्न गर्दै वडा अध्यक्ष खजेन्ची बहादुर लामाले तालिम लिएर मात्रै नभई सबैले व्यबहारमा लागु गर्नुपर्ने बताउनु हुॅंदै बिकास निर्माणको कामसंगै वडा कार्यलयलयको खानेपानीको समस्याबाट मुक्त गराउन सदबै सहयोग र साथ रहिरहने बताउनु भयो ।
हिजो म कुनै पार्टीको कार्यकर्ता थियो आज म जनताले जिताएर पठाएको सिपाही हुॅं साझा जनप्रतिनिधी भएँ,यहि अनुसार मेरो कार्यशैली र व्यवहार बदलिएको छ सिॅंगो च्यासिंखर्कलाई नमुना च्यासिंखर्क बनाउने छुॅं ।” लामाले भन्नु भयो -“बिकास निर्माणको काममा दल र पार्टीगत रुपमा नहेरीदिन म आग्रह गर्दछु । अब गाउॅं-गाउॅंमा सरकार आएको अनुभूति दिलाउॅंछु । वडा कार्यलयले गर्नेछन ।”
गाउॅं-गाउॅंमा सबैको सारथी : शंखबुद्द लामा
तालिममा शान्ती जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्द लामाले गाउॅं-गाउॅंमा पुगेर जनताको सेवा गर्न पाउॅंदा खुशीले गदगद् भएको बताउनु भयो ।राम्रो र स्वच्छ खानेपानी पिउन पाउदैन भने जिन्दगी जिउन मुस्किल छ जत्तततै समस्या देखीरहेको छु । गाउॅंले जिवनको यस्तो यावत समस्याहरु देखेर नै आफू सामाजिक सेवामा लागेको स्मरण गर्नुहुॅंदै भन्नु भयो-“विकासका लागि सफा खानेपानी, आधारभूत शौचालय तथा उपयुक्त सरसफाइमा सबैले ध्यान दिन आवश्यक छ ।बिशेष गरी अहिलेको यो कोरोना भाइरसको जटिल परिस्थीतिमा सबैको जीवन जोखिममा रहेको छ लामाले भन्नु भयो-“गाउॅं-गाउॅंमा उपयुक्त सरसफाइको सुविधा र आधारभूत खानेपानीको सुविधा उपलब्ध कतिपय ठाउॅंमा पुगिरहेको छैन।”
एक अर्का प्रशंगमा अध्यक्ष लामाले गरिबी र कठिन भु-बनोटका कारण चुनौतीहरू हुँदाहुँदै पनि खानेपानी तथा सरसफाइको सुविधा विस्तारमा हामी निरन्तर लागि परेका छौ कपेरमहाॅंकाल खानेपानी आयोजनाले प्रगति हासिल गरी रहेको देखेका छोॅं यसमा हाम्रो साथ र सहयोग रहने छ ।”
जनप्रतिनिधीकै गुनासो
कपेर महाॅंकाल खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष तथा वडा सदस्य शुकलाल भ्लोन(सुकु) ले बिकासको लागि जतिखटेर काम गर्दा जस नपाएको गुनासो गर्नु भयो । मैले पहिलादेखी नै खानेपानीका लागि काम गरी रहेको छु तर पनि कुरा काट्ने समाजमा अझै हेर्ने दृष्टिकोणमा फरक छन । “म अध्यक्ष भएर मात्रै काम गरी रहेको छैन म वडाबासीले जिताएर पठाएको जनप्रतिनिधी हो ।” उहाॅंले भन्नु भयो हरेक समस्याको समधान गर्न हामी तयार छौॅं ।” काम गर्न दिनुस ।”
उनका अनुसार स्वस्थ्यचौकी, बिद्यालय गाउॅंमा गरेर १ सय ४८ वटा खानेपानीको धारा जडान गरेका थिए । अहिले खानेपानीलाई अझै मजबुद बनाउन ३ दिने अभिमुखिकरण तालिम समेत दिएको छ । शान्ति जनआदर्श सेवा केन्द्रकी प्राबिधिक हिमा लिम्बुले दिएकी हुन ।