| Saturday 17 October, 2020

काभ्रेमा ५ जनामा कोरोना पुष्टि

काभ्रे । जिल्लामा आज कोरोना संक्रमितको दर ह्वात्तै घटेको छ ।

दैनिक ३० देखि ५८ जनासम्म नयाँ संक्रमित थपिने गरेको अवस्थामा शनिबार ५ जनामा मात्रै नयाँ संक्रमित थपिएका छन् ।

थपिएका नयाँ संक्रमितहरुमा धुलिखेलका ४ र नमोबुद्धका १ जना रहेका छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार २ सय १० पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. झाको अनुसार आइतबार ४३ जना, सोमबार ३७ जना, मंगलबार ५८ जना, बुधबार ४० जना, विहिबार ३१ जना र शुक्रबार ३७ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए ।

जसमध्ये ६ सय ५३ जना निको भएका छन् ।