| Saturday 17 October, 2020

घरभित्रै बसेर चाडपर्व मनाउन जिल्ला प्रशासन सिरहाको आग्रह

गणेश कुमार ठाकुर,सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडियो) प्रदीपराज कणेलले दर्शै तिहारमा सजगता अपनाउन आग्रह गरेका छन ।

शनिबार उनले जिल्लावासी लाई शुभकामना सन्देश दिदै सजगता उपनाउन आग्रह गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी ,शुभ दिपावली,छठ लगायत पर्वमा अलिकति लापार्वाहीले ठुलो जोखिमको सिर्जना हुन सक्छ । आज जारी गरिएको सन्देशमा भनिएको छ, हामी बाँचे भोलिका दिनमा चाडपर्व मनाउन र आर्शिवाद लिन पाईन्छ ।

कोरोना भाइरसले आक्रान्त पारिरहेको अवस्थामा चाडपर्व मनाउँदा विशेष सावधानी अपनाउन आवश्यक रहेको उनले उल्लेख गरेका छन् । शुभकामना सन्देशमार्फत् कणेलले कोरोनाको कहरबाट सबैलाई मुक्ति मिलोस् भन्ने कामना पनि गरेका छन् ।

घरमै बसी पुजा गर्ने र स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरिएको छ । शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकुद, जात्रा, मेलाका कार्यक्रम नगर्न सजग गराइएको छ । दशै घरहरुमा फुलपाती भित्र्याउने कार्य सांकेतिक रुपमा मात्र गर्न अनुरोध गरेको छ ।

१२ वर्षभन्दा कम र ६० वर्षभन्दा बढी उमेरका व्यक्ति तथा अन्य जटिल स्वास्थ्य समस्या भएका मानिसहरु घरबाहिर हिडडुल नगर्न र संक्रमणको जोखिम भएका व्यक्तिसँग भेटघाट नगर्न आग्रह गरेका छन ।

 

 

खोज्नुहोस्

बिचार

सबै

के अघोषित रुपमा लोडसेडिङ हुन थालेको हो ?

काठमाण्डौ । समग्रमा यसबर्ष बिगतभन्दा पानी धेरै पर्यो । देशका ठुला जलाशययुक्त आयोजनाहरु अझै पनि भरी नै छन । देशको अहिलेको मौसम पनि समयानुकूल नै छ । कुनै प्राकृतिक बिपत्तिको चपेटामा देश छैन । रन अफ दि रिभर अर्थात नदिको प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुले पनि आफ्नो क्षमतामै उत्पादन गरिरहेका छ्न। पछिल्लो केही दिन यता देशका […]

दशैंको आशिर्वाद, युवराज खतिवडा भएस् !!!

एकातर्फ कोरोनाको महामारी । अर्कोतर्फ दशैंले छपक्क छोप्न लाग्यो । के गर्ने के नगर्ने मान्छेहरु रणझुल्लमा छन् । तरपनि दशै भनेको दशैं नै हो । हिन्दुहरुको सबैभन्दा ठूलो पर्व, जुन गैर हिन्दुहरुले पनि आ–आफ्नो विधी अनुसार मनाउँछन् । र, दशैं बहुसङख्यक नेपालीले मान्ने खानपानको पर्व भनौं । भेटघाटको पर्व भनौं । अनि विजयको पर्व पनि […]

कुलमान घिसिङका कारणले ढलेको एउटा पर्खाल

मलाई भारतका प्रधानमन्त्रीज्युले राष्ट्रिय सुरक्षा परिषद्का सदस्य बनाउनुभयो । अस्तिसम्म चौकीदार हो, बहादुर हो भन्थ्यो नेपालीलाई । भारतको उच्चतम संस्थामा पुग्दा मलाई गर्व लाग्थ्यो (एउटा पर्खाल भत्काई दिएँ भनेर । हामी सबैको ठूलो लक्ष्य पर्खाल भत्काउने हुनुपर्छ । पर्खाल नाघ्ने क्षमता छैन, बलबुद्धि हँदैन भनेर बनेका कृत्रिम पर्खाल, बनावटी पर्खाल एकएक गरी तोड्नुपर्छ । अनि […]

संविधानले जनतालाई निम्छरो रैती होइन, बहुबली शासक बनाएको

हिजो मात्र हामी नेपाली जनताले पाचौं संविधान दिवस मनायौं । जुन नेपालको संविधान २०७२ हो । उक्त संविधानको पहिलो वाक्यमा लेखिएको छ ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ । यो वाक्यले स्पष्ट पार्दछ की जंगबहादुरले १९१० मा लागु गरेको मुलुकी ऐनलाई नै टालटुल गर्दै अनि कामचलाउ बनाउँदै आएका थियौं । त्यसको अन्त्य गर्दै हामी नेपाली जनता […]