| Friday 16 October, 2020

के अघोषित रुपमा लोडसेडिङ हुन थालेको हो ?

काठमाण्डौ । समग्रमा यसबर्ष बिगतभन्दा पानी धेरै पर्यो । देशका ठुला जलाशययुक्त आयोजनाहरु अझै पनि भरी नै छन । देशको अहिलेको मौसम पनि समयानुकूल नै छ । कुनै प्राकृतिक बिपत्तिको चपेटामा देश छैन । रन अफ दि रिभर अर्थात नदिको प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुले पनि आफ्नो क्षमतामै उत्पादन गरिरहेका छ्न।

पछिल्लो केही दिन यता देशका विभिन्न जिल्लाको बसोबास गर्दै हाल लमजुङ छु । लमजुङ बाहिरका जिल्लामा पनि पटकपटक अघोषित रुपमा बत्ती गइरहने गर्थ्यो । अहिले लमजुङ जिल्लामा पनि दिनमा धेरै पटक बिना जानकारी बत्ती काटिने गरेको छ। विद्युत प्राधिकरणका अनुसार अहिले विद्युत जानुको मुख्य कारण पुराना पोल , ट्रान्समिटर र तार हुन र मर्मत सम्भारको समयमा जानकारी दिइने गरेको छ। तर पनि मर्मत सम्भारको समय बाहेक बिहान,दिन, सांझ कुनै पनि समयमा बिना जानकारी नै बत्ती काटिने क्रम झनझन बढ्दो छ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटेको केही दिन नपुग्दै यसरी दिनमा कयौं पटक बत्ती निभ्न थालेपछी सर्वसाधारण जनतामा फेरि लोडसेडिङ खेप्नुपर्ने हो कि भन्ने त्रास उत्पन्न गराएको छ। मुलुकलाइ लोडसेडिङ मुक्त गरिसकिएको अवस्थामा फेरि बत्ती जाने आउने क्रममै कमिसनको गन्ध आउन थालेको छ। लोडसेडिङ छैन तर बत्ती जान्छ भनेपछी यसलाइ बुझन त्यति गार्हो छैन। कति पटक बत्ती निभाउदा कति कमिसन आउने हो त्यसको हिसाबकिताब लाखौंमा हुने अनुमान जनताले लगाउन थालेका छ्न।

कहिलेकाही सिस्टम डाउन हुँदा बत्ती जानू स्वभाविक नै हो तर छिनमै पटकपटक गइरहंदा प्राधिकरण तथा विद्युत उपभोक्ता समितिको जिम्मेवार पदमा बसेका मानिसले बत्ती के कारणले गएको हो भन्ने बारेमा सर्वसाधारणलाई जानकारी गराउन पर्दैन? शहर बजारमा इन्भर्टर ब्यापारीहरु फेरि सलबलाउन थालेका हुन कि भन्ने आभास हुन थालेको छ। कोरोनाका कारण देशका सम्पुर्ण क्याम्पस तथा बिधालयहरु सबै बन्द छ्न। सबैको पठनपाठन अनलाइनबाट नै हुँदै आएको छ। बत्ती जान थालेपछि बालबालिकाहरु समेत कुलमानलाइ सम्झन थालेका छन। बत्ती नआए पछि नेट नचल्ने र डाटा प्याक लिनुपर्ने अवस्थाको सिर्जना गराएको छ। बत्ती जादा टेलिकम प्रदायकका कम्पनीहरु संगको सांठगांठ पनि आशंका गर्न सकिन्छ। अघोषित लोडसेडिङको मारमा घरेलु तथा साना र मझौला उधोगहरु समेत ठूलो चपेटामा छन।

लोडसेडिङ हटाउने सफल काम गरेका कुलमान घिसिङ पुनः विद्युत प्राधिकरणका लागि अयोग्य बनाइनु ,त्यसपछि इन्भर्टर ब्यापार २०% ले बढेको खबर आउनु, यताका दिनमा अघोषित रुपमा पटकपटक दैनिक लोडसेडिङ हुनु पक्कै पनि शुभ समाचार हैनन । असक्षम नेतृत्वका कारण लथालिङ्ग भएका थुप्रै सरकारी निकायलाई राम्रो बनाउन पर्छ भन्ने तर्फ सरकारले ध्यान त दिएन तर सफल र सक्षम बनेको प्राधिकरणलाई फेरि उस्तै पो बनाउने पो हो कि भन्ने चिन्ता उपभोक्ताहरुमा उब्जेको छ ।

सरकारलाई कुलमान देखि रिस उठेको हो भने ठिकै छ उनलाइ नै पुनःनियुक्ति गर्नुपर्छ भन्ने छैन तर प्राधिकरणबाट उनी हट्ने बित्तिकै जनतामा नैरासयता जाग्ने गरि प्राधिकरणका गतिविधि सञ्चालन हुनु भनेको पक्कै पनि सरकारकै निम्ति घातक हुनेछ ।

रमेश तिवारी
अमृत साइन्स क्याम्पस (काठमाडौ )

 

 

 

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र