| Friday 16 October, 2020

प्रदेश सकारले उपलब्ध गरायो खोटेहाङलाई दमकल र प्रहरी भ्यान

खोटाङ । प्रदेश नं १ सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई बारुणयन्त्र ९दमकल० र प्रहरी भ्यान उपलब्ध गराएको छ । गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहिबार गाउँपालिकालाई एउटा दमकल र एउटा प्रहरी भ्यान उपलब्ध गराएको हो ।

बिराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले गाउँपालिका प्रमुख प्रदीपकुमार राईलाई दमकल र प्रहरी भ्यानको चाँबी हस्तान्तरण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए । उक्त गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकारले केहि समयपछि एउटा एम्बुलेन्स पनि प्रदान गर्ने जनाइएको छ ।

जस्तापाता र खरको छाना भएको पुरानो संरचनाका घरहरु रहेको गाउँपालिकामा आगलागीका घटना बढी हुने गरेकाले नियन्त्रण गर्न प्रदेश सरकारसँग दमकल माग गरिएको गाउँपालिका प्रमुख राईले बताए । “दमकल अभावमा गाउँपालिकामा यसअघि भएको आगलागीका कारण ठूलो क्षति व्यहोर्नु परेको थियो”, उनले भने, “प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि सम्भावित घटना नियन्त्रण गर्न सहज हुने अनुमान गरिएको छ ।”

यस्तै, बिरामीलाई अस्पतालसम्म पु¥याएर ज्यान बचाउन एम्बुलेन्स सहयोगी हुने गाउँपालिकाले जनाएको छ । एकै ठाउँबाट मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य अनुसार प्रदेश सरकारले दमकल, प्रहरी भ्यान र एम्बुलेन्स उपलब्ध गराएको बताइएको छ ।

प्रदेश सरकारले उपलब्ध गराएको दमकल र प्रहरी भ्यान लिन गाउँपालिका प्रमुख राई, उपप्रमुख कविता राई, प्रमुख प्रशासकीय अधिकृत भट्टराई लगायत बिराटनगर पुगेका थिए । प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि गाउँपालिकाका स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र दमकल छ । एम्बुलेन्स भने, जिल्लाका सबै स्थानीय तहले यस वर्ष खरिद गर्ने तयारी गरेका छन् ।

खोज्नुहोस्

बिचार

सबै

के अघोषित रुपमा लोडसेडिङ हुन थालेको हो ?

काठमाण्डौ । समग्रमा यसबर्ष बिगतभन्दा पानी धेरै पर्यो । देशका ठुला जलाशययुक्त आयोजनाहरु अझै पनि भरी नै छन । देशको अहिलेको मौसम पनि समयानुकूल नै छ । कुनै प्राकृतिक बिपत्तिको चपेटामा देश छैन । रन अफ दि रिभर अर्थात नदिको प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुले पनि आफ्नो क्षमतामै उत्पादन गरिरहेका छ्न। पछिल्लो केही दिन यता देशका […]

दशैंको आशिर्वाद, युवराज खतिवडा भएस् !!!

एकातर्फ कोरोनाको महामारी । अर्कोतर्फ दशैंले छपक्क छोप्न लाग्यो । के गर्ने के नगर्ने मान्छेहरु रणझुल्लमा छन् । तरपनि दशै भनेको दशैं नै हो । हिन्दुहरुको सबैभन्दा ठूलो पर्व, जुन गैर हिन्दुहरुले पनि आ–आफ्नो विधी अनुसार मनाउँछन् । र, दशैं बहुसङख्यक नेपालीले मान्ने खानपानको पर्व भनौं । भेटघाटको पर्व भनौं । अनि विजयको पर्व पनि […]

कुलमान घिसिङका कारणले ढलेको एउटा पर्खाल

मलाई भारतका प्रधानमन्त्रीज्युले राष्ट्रिय सुरक्षा परिषद्का सदस्य बनाउनुभयो । अस्तिसम्म चौकीदार हो, बहादुर हो भन्थ्यो नेपालीलाई । भारतको उच्चतम संस्थामा पुग्दा मलाई गर्व लाग्थ्यो (एउटा पर्खाल भत्काई दिएँ भनेर । हामी सबैको ठूलो लक्ष्य पर्खाल भत्काउने हुनुपर्छ । पर्खाल नाघ्ने क्षमता छैन, बलबुद्धि हँदैन भनेर बनेका कृत्रिम पर्खाल, बनावटी पर्खाल एकएक गरी तोड्नुपर्छ । अनि […]

संविधानले जनतालाई निम्छरो रैती होइन, बहुबली शासक बनाएको

हिजो मात्र हामी नेपाली जनताले पाचौं संविधान दिवस मनायौं । जुन नेपालको संविधान २०७२ हो । उक्त संविधानको पहिलो वाक्यमा लेखिएको छ ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ । यो वाक्यले स्पष्ट पार्दछ की जंगबहादुरले १९१० मा लागु गरेको मुलुकी ऐनलाई नै टालटुल गर्दै अनि कामचलाउ बनाउँदै आएका थियौं । त्यसको अन्त्य गर्दै हामी नेपाली जनता […]