सञ्चार सेट (वाकीटकी) बोकेर व्यवसायीलाई छक्याउँदै हिँड्ने नक्कली प्रहरी पक्राउ

उज्यालो प्रतिनिधि २९ आश्विन २०७७, बिहीबार समाचार

काठमाडौँ । एक व्यक्तिले विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै आए, तर कसैले पत्तो पाउन सकेनन् । उसले प्रहरीले बोक्ने जस्तै सञ्चार सेट (वाकीटकी) र सुरक्षा निकायको पोशाकसमेत प्रयोग गर्दै काठमाडौँ उपत्यकामा व्यवसायीलाई प्रभाव पार्दै कतिपयबाट रकम समेत लिएको जनाइएको छ ।

अन्तत दुई वर्ष पछि आज महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेपछि रहस्य खुलेको हो । उनी नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै हिँड्ने व्यक्ति भएको महाशाखाले जनाएको छ ।

आफू सुरक्षाकर्मी भएको बताउँदै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा रातिको समयमा व्यवसायीलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिने गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उक्त सूचना प्राप्त भएपछि महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले आज विहान रामेछाप खाडोदेवि घर भई काठमाडौँको बानियाटार बस्ने गोविन्द खड्कालाई पक्राउ गरेको थापाले बताउनुभयो । उनले प्रहरीको ‘नेम प्लेट’ तथा लुगा समेत प्रयोग गर्दै आएका थिए ।

उनको साथबाट सञ्चार सेट, गोविन्द खड्का लेखिएको ‘नेम प्लेट’, विभिन्न सुरक्षा निकायको पोशाक, सुरक्षाकर्मीले लगाउने वुट जुत्तालगायत बरामद गरिएको छ । बरामद सञ्चार सेटले अन्य सुरक्षा निकायका सञ्चार सेटका फ्रिक्वेन्सी टिप्ने गरेको पाइएको छ । उनले सेनाको पोशाकको समेत दुरुपयोग गरेको पाइएको छ ।

बरामद भएको सञ्चार सेट विदेशी पर्यटक सगरमाथा आरोहणको समयमा आउने क्रममा नेपालीलाई राख्न दिएको र त्यही सेट दुरुपयोग गर्दै आएको प्रहरीले जनाएको छ । महाशाखाले कोही कसैलाई विभिन्न प्रभावमा पारी ठगी गरेको भएमा सम्पर्कमा आउन अनुरोध गरेको छ । उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाईएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार