२७ जनाले प्लाजामा थेरापीको लागि गरे रगत दान

उज्यालो प्रतिनिधि २७ आश्विन २०७७, मंगलवार कोरोना [Covid-19] विशेष

नेपालगञ्ज । बाँकेमा कोरोना जितेर घर फर्किएकाहरु मध्ये हालसम्म २७ जनाले प्लाजामा थेरापीको लागि रगत दान गरेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार हालसम्म कोरोना जितेर निको भै घर फर्किएका २७ जनाले गम्भीर संक्रमितका लागि प्लाज्मा दान गरेका हुन् ।

उहाँले कोभिडका गम्भीर अवस्थामा भएका भेरी अस्पताल नेपालगञ्जका १२ जना संक्रमित र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ संक्रमित गरि १९ जनालाई प्लाजा चढाईएको बताउनुभयो ।

फोकल पर्सन श्रेष्ठले प्लाजामा थेरापीको लागि रक्तदान गरेर सहयोग गर्न निको भएकाहरूलाई निरन्तर आग्रह गरहेको पनि बताउनुभयो ।
सोमवारसम्म २५ जनाले प्लाज्मा दान गरेकोमा मंगलवार मात्रै थप दुई जनाले प्लाज्मा दानका लागि रगत दिएपछि प्लाज्मा दिनेहरु २७ पुगेको प्लाज्मा थेरापी विभागका वरिष्ठ स्वास्थ्यकर्मी होमनाथ सुवेदीले बताउनुभयो ।

उहाँले गम्भीर संक्रमितहरु बढ्दै गएपछि अझैपनि प्लाज्मा दानका लागि सामाजिक सञजाल मार्फत निको भएकाहरुसंग अनुरोध गरिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या दुई हजार ४४० पुगेको छ । तीमध्ये जिल्ला भित्रका २६ र जिल्ला वाहिरका १२ जना गरि ३८ जनाको कोरोनाबाट मृत्यु भएको छ । संक्रमित मध्ये एक हजार ८४७ निको भएर डिस्चार्ज भइ घर फर्किसकेका छन ।

जिल्लाभर हाल पनि ५६७ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसन र अस्पतालमा रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार