| Monday 12 October, 2020

अर्घाखाँचीदेखि काठमाडौ नाइट बसमा आएका सुदिप सागर चर्चित एरेन्जर देखि संगीतकार सम्म

काठमाण्डौ । सुदिप सागर पछिल्लो समयमा चर्चा कमाउँदै गरेका संगीतकार एंव संगीत संयोजक हुन । उनले संगीत गरेका पछिल्लो गीत चर्चित गायीका बिन्दु परियारको आवाजमा रहेको “माया गर्छु है” चर्चाको शिखरमा रहेको छ । उनले संगीत संयोजन गरेका दर्जनौ गीत सुपरहित छन । सांगीतिक क्षेत्रमा लाग्ने रहर उनको सानैदेखी नै थियो । सांगीतिक क्षेत्रमा आफुलाई संगीत र संगीत संयोजनमा अब्बल साबित गर्न सफल सुदिप सागरसँग उज्यालो नेटवर्कको लागि विवेक लोप्चनको गरेको कुराकानीको सम्पादित अंश ।

बाल्यकाल
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ डिहीडाँडामा बुवा सुरेन्द्र परियार र आमा बिन्दु परियारको कोखबाट पहिलो सन्तानको रुपमा २०४७ साल चैत्र ६ गते जन्मिएका हुन । उनको बाल्यकाल गाउँघर मै बित्यो । पहिला देखी नै गीत संगीतमा खुब रुची राख्ने उनलाई परिवारको साथ सपोर्ट थियो नै । सांगीतिक क्षेत्रमा लागेका उनका काका बसन्त श्री सागरले सानैदेखी उनलाई हार्मोनियम,तबला,गितार घरमै सिकाए । उनमा सांगीतिक क्षेत्रप्रती थप हौसला र प्रेरणा मिल्यो । त्यो कारणले पनि उनलाई थप सहयोग भएको उनी बताउँछन ।

गाउँ नजिकै को श्री चन्द्र पर्व माविमा माद्यामिक तहसम्म अध्ययन गरेका उनले थप शिक्षा संगीत मै लिने निधो गरे । एस.एल.सी दिएर उनी बि. सं २०६४ सालमा काठमाण्डौ आए । करिब २ बर्ष सम्म(२०६६) काठमाण्डौमा संघर्ष गरे । समस्या र पिडाले रुमाललिएका उनी अन्तत घर फर्किनु पर्‍यो ।

सांगीतिक यात्रा
करिब ७ कक्षा देखी नै हार्मोनियम र मादल बजाउन सिपालु उनलाई सबैको हौसला र माया त थियो नै । विद्यालयले आयोजना गरेको अतिरिक्त कृयाकलापमा प्राय उनी प्रथम , द्धीतिय स्थान हासिल गर्दथे । काठमाण्डौबाट गाउँ गएका करिब ६ महिना पछी फेरी उनी काठमाण्डौ फर्किए । उनले पुन: सांगीतिक क्षेत्रलाई अगाडि बढाउने निधो गरे । उनले काठमाण्डौ आइसकेपछी गुरुदेवकामदेवसँग ३ बर्ष संगीत(क्लासिकल भोकल) , रविनलाल श्रेष्ठसँग १ बर्ष तबला, राजकुमार मालाकारसँग क्लासिकल गीतार अहिले पनि सिक्दै र गर्दै आएका छन । उनलाई बाजाहरु बजाउन खुब मन पर्थ्यो । उनले २ ओटा लोकदोहोरी गीत पनि गाएका छन ।

संगीत संयोजन
आशिष अविरलसँग संगीत संयोजन सिकेर उनले वि.स २०६७ सालबाट संगीत संयोजन गर्न थाले । हालसम्म उनले नेपाली आधुनिक, लोकदोहोरी,पप गरी १ हजार भन्दा बढी गीतको संगीत संयोजन गरीसकेका छन ।

अवार्ड तथा सम्मान
उनी हालसम्म आधा दर्जन भन्दा बढी म्युजिक अवार्डहरुबाट सम्मानित भएका छन । बिन्दाबासिनी म्युजीक अवार्ड २०७३, म्युज्क खबर म्युजिक अवार्ड २०७४,छायांँछवी तीज म्युजिक अवार्ड २०७५, नेश्नल पावर न्युज म्युजिक अवार्ड २०७६ बाट सम्मानित ।