२६ आश्विन २०७७, सोमबार

कोरोना भाइरसबारे ७ भ्रम !

1.7kViews
1870 Shares

एजेन्सी । कोरोनाभाइरस संसारभरि फैलिँदै जाँदा यसको त्रास पनि बढिरहेको छ । अनि यससम्बन्धी वाहियात दाबीहरू, षड्यन्त्र सिद्धान्तहरू र गलत सूचनाहरू पनि फैलिरहेका छन् ।

संसारभरि कोरोनाका बारेमा गलत सूचना प्रवाह भइरहँदा विश्व स्वास्थ्य संगठनले यसलाई ‘इन्फोडेमिक’ अर्थात् सूचना संक्रमण भनेको छ । टिकटकसँग मिलेर उसले भ्रमहरू चिर्न कोशिश थालेको छ ।

कोरोनासम्बन्धी भ्रमहरू इन्टरनेटका कुनाकाप्चा अनि मूलधारका सञ्चारमाध्यम दुवैमा भेटिन्छन् ।

सामाजिक सञ्जाल वेबसाइटहरूले विश्वसनीय सूचनालाई अगाडि सार्न र मानिसलाई भ्रमित बनाउने विषयवस्तुलाई हटाउन कदमहरू चालिरहेको भए पनि उनीहरूलाई गाह्रै परिरहेको छ ।

अनि सेन्सरशिपका कारण र केही देशमा सरकारप्रतिको अविश्वासका कारण गलत सूचनाहरू झन् तीव्र गतिमा फैलिरहेका छन् ।

नयाँ कोरोनाभाइरसका सम्बन्धमा सत्य कुरा यसप्रकार छन् :

भ्रम : कोरोनाभाइरस मानिसले बनाएको हो ।

यथार्थ : इन्टरनेटमा भेटेका सबै कुरामा विश्वास नगर्नुस् । 

कोरोनाभाइरसको संक्रमण फैलिँदै गएर सार्वजनिक स्वास्थ्यमै संकटको स्थिति आएपछि भाइरस कहाँबाट शुरू भयो भन्ने विषयमा इन्टरनेटमा गलत सूचना प्रवाह हुन थाले । भाइरस प्राकृतिक रूपमा आएको नभई प्रयोगशालामा बनाइएको भनियो ।

भेरिफाइ नगरिएका सामाजिक सञ्जाल अकाउन्टहरूमा यस्तो भ्रम फैलाउन थालियो । समय बित्दै जाँदा भ्रम झनै व्यापक हुँदै गयो ।

चीनको एक प्रयोगशालाले गोप्य रूपमा जैविक हतियार बनाएको र त्यो लीक भएको भन्ने हल्ला फैलाइयो । अनि चीनको राष्ट्रवादी सामाजिक सञ्जालमा चाहिँ भाइरस अमेरिकामा बनाइएको र यस सीजनमा फ्लुका कारण मरेका अमेरिकीहरू खासमा कोभिड–१९ का कारण मरेको बताइयो ।

चीन र पश्चिमी मुलुक दुवैका वैज्ञानिकहरूले यी सिद्धान्तलाई पूरै खारेज गरेका छन् तर त्यसो गर्दा पनि यो हल्ला फैलिन छाडेको छैन । विज्ञहरूले भाइरसको वास्तविक स्रोत पत्ता लगाउने कोशिश गरिरहेका छन् । अनुसन्धानमा यो भाइरस चमेरोबाट उत्पत्ति भएर बीचमा अर्को एक प्राणीमा बसेर मानिसमा सरेको हुन सक्ने देखिएको छ । यस्तै किसिमको भाइरसले सन् २००३ मा सार्स महामारी फैलाएको थियो ।

यो पनि पढ्नुहोस् ...  जर्मनीमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ लाखभन्दा बढी पुग्यो

भ्रम : घरेलु उपचारले कोरोनाभाइरसको उपचार वा रोकथाम गर्छ ।

यथार्थ : फाइदै गर्छ, तर रोकथाम गरेको प्रमाण छैन ।

लसुनले तपाईंलाई फाइदा गर्छ । पानीले पनि फाइदै गर्छ, भिटामिन सीले पनि । तर सामाजिक सञ्जालमा आएजस्तो गरी लसुन खाँदा, प्रत्येक १५ मिनेटमा पानी पिउँदा वा भिटामिन सी लिँदा मानिसलाई नयाँ कोरोनाभाइरसबाट बचाउन सकिन्छ भन्ने विषयमा कुनै प्रमाण छैन ।

अझ कसैकसैले त शरीरमा तिलको तेल लगाउँदा, अल्कोहल हाल्दा वा क्लोरिन राख्दा भाइरस मर्छ समेत लेखे । त्यो पूरै झूटो कुरा हो ।

त्यसो त ब्लीच, इथानोल, पेरासेटिक एसिड र क्लोरोफर्म लगायतका रासायनिक पदार्थले पनि सतहमा रहेका भाइरसलाई मार्न सक्छन् ।

तर भाइरस तपाईंको शरीरमा पहिलेदेखि नै छ भने यी कुराहरू छालामा राख्दा वा नाकमुनि राख्दा भाइरस मर्दैन, उल्टो थप हानि पुग्छ ।

अझ रासायनिक डिसइन्फेक्टेन्ट त झुक्केर पनि नपिउनुहोला ।

तत्कालका लागि कोरोनाभाइरसको कुनै उपचार छैन । यससम्बन्धी अनुसन्धान चलिरहेको छ र खोप उपलब्ध हुन एक वर्षभन्दा बढी समय लाग्नेछ ।

अहिलेका लागि भाइरसबाट बच्ने राम्रो उपाय भनेको रुघाखोकीको मौसममा जे गरिन्छ त्यही गर्ने हो । संक्रमित भएको हुन सक्ने व्यक्तिबाट कम्तीमा तीन फीट परै बस्नुस् । साबुनपानीले कम्तीमा २० सेकेन्ड हात धुनुस् । खोक्दा वा हाच्छ्युँ गर्दा कुमले वा टिस्युले नाक र मुख छोप्नुस् अनि टिस्युलाई तत्कालै फाल्नुस् । अनि आफूले छोएका वस्तु र सतहमाथि संक्रमणनाशक रसायन छर्किनुस् ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमणबाट धरानमा उपचाररत सिरहाका एक २२ वर्षीय युवकको मृत्यु

सामान्य रुघाखोकीभन्दा खतरनाक लक्षण देखिएछन् भने तत्कालै चिकित्सककहाँ जानुस् ।

भ्रम : मास्क किन्नैपर्छ ।

यथार्थ : यो देशपिच्छे फरक हुन्छ । 

अमेरिकाको रोग नियन्त्रण महाशाखा (सीडीसी) ले स्वस्थ अमेरिकीले मास्क लगाउनु नपर्ने जनाएको छ अनि अमेरिकाका सर्जन जनरल जेरोम याडम्सले राम्ररी मास्क नलगाएमा संक्रमणको जोखिम झन् बढ्ने बताएका छन् ।

अमेरिकामा मास्कको अभाव भएपछि त्यसको मूल्य ह्वात्तै बढेर गएको छ । त्यसैले अधिकारीहरूले जनतालाई मास्क जम्मा नगर्न चेतावनी दिएका छन् । विशेषगरी एन९५ रेस्पिरेटर मास्क जम्मा नगर्न उनीहरूले भनेका छन् ।

जोखिममा परेकाहरूलाई त्यो मास्क आवश्यक पर्छ । कोरोनाभाइरस लागिसकेका र अरूलाई सार्न सक्ने रोगीहरूले चाहिँ मास्क लगाउनैपर्छ । अनि रोगीलाई स्याहार गरिरहेका र स्वास्थ्यकर्मीहरूले पनि यो मास्क लगाउनुपर्छ ।

अमेरिका बाहिर चाहिँ मास्कको कथा बेग्लै छ ।

एसियाली मुलुकहरूमा अधिकारीहरूले भाइरसको सामना लामो समयदेखि गर्दै आएका छन् । उनीहरूले सार्वजनिक यातायातमा चढ्दा वा भीडभाडमा जाँदा सर्जिकल मास्क लगाउन मानिसहरूलाई आग्रह गरेका छन् । मास्क लगाउँदा भाइरस सर्ने सम्भावना कम हुने उनीहरूको भनाइ छ ।

तर हङकङको स्वास्थ्य संस्थाले एन९५ रेस्पिरेटर मास्क सामान्य मानिसले प्रयोग गर्न नहुने किनकि यसलाई लगाउन र झिक्न विशेष तालिम आवश्यक हुने जनाएको छ ।

तपाईंले मास्क लगाउने कि नलगाउने भन्ने कुरा देशको स्वास्थ्य संस्थाले दिएको निर्देशनमा भर पर्छ ।

भ्रम : तातोले भाइरस मार्छ ।

यथार्थ : हात सुकाउने यन्त्रले भाइरस मार्दैन ।

हात सुकाउने यन्त्रले भाइरस मार्दैन भनी विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार, परावैजनी बत्तीहरू हात सफा गर्नका लागि उपयोग गर्नुहुँदैन किनकि विकिरणले छाला चिलाउने सम्भावना हुन्छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भाइरसलाई तातोले मार्छ भनेका थिए । त्यसैले गर्दा यो संक्रमण वसन्त ऋतु आएपछि अन्त्य हुन्छ भन्ने उनको भनाइ थियो ।

यो पनि पढ्नुहोस् ...  प्रदेश न १ मा ९१ जना कोरोना सङ्क्रमित थपिए

तर सार्वजनिक स्वास्थ्यविद्हरूले यसो हुन्छ भन्ने कुनै आधार नभएको बताएका छन् ।

भ्रम : भाइरस हुलाक मार्फत सर्छ ।

यथार्थ : चीनबाट आएको हुलाकी सामग्रीले भाइरस सार्दैन ।

चीनबाट आएको हुलाकी सामग्रीले भाइरस सार्दैन, विश्व स्वास्थ्य संगठनले भनेको छ ।

नयाँ कोरोनाभाइरसले मानिसहरूलाई कसरी संक्रमित बनाउँछ भन्ने विषयमा अनुसन्धानकर्ताहरूले अध्ययन गरिरहेका छन् तर पहिलेका कोरोनाभाइरसहरू कुनै पनि वस्तु वा सतहमा लामो समय नबाँच्ने देखिएको छ ।

भ्रम : बालबालिकालाई कोरोनाभाइरस लाग्दैन ।

यथार्थ : जुनसुकै उमेरकालाई पनि लाग्नसक्छ ।

जुनसुकै उमेरका मानिसलाई पनि कोरोनाभाइरस लाग्न सक्छ तर वृद्ध व्यक्ति र पहिलेदेखि स्वास्थ्य समस्या रहेकाहरूमा चाहिँ संक्रमणको जोखिम उच्च हुन्छ ।

भाइरस पुष्टि भएका धेरैजसो केसहरूमा वयस्क नै देखिन्छन् तर बालबालिकालाई पनि संक्रमण भएको छ, सीडीसीले जनाएको छ ।

भ्रम : कोरोनाभाइरस लागेको मानिस मर्छ ।

यथार्थ : मृत्युदर कम छ ।

यस भाइरसको मृत्युदर लगभग २ प्रतिशत छ अनि अधिकारीहरूले उक्त संख्या पनि घट्ने अपेक्षा गरेका छन् ।

कोरोनाभाइरस लागेका मानिस बिरामी पर्छन् र उनीहरूलाई श्वासनलीमा समस्या आउँछ । लक्षणहरू भनेको नाक बगिरहने, घाँटी खसखसाउने, टाउको दुख्ने र दुई दिन जति ज्वरो आउने हो । अधिकांशतया यी लक्षणहरू आफैं हराएर जान्छन् ।

कमजोर रोगप्रतिरोध क्षमता भएकाहरू, वृद्धहरू, शिशुहरूमा भाइरसले निमोनिया र ब्रोन्काइटिस जस्तो गरी श्वासप्रश्वासमा समस्या ल्याउन सक्छ ।

तर हजारौं मानिस संक्रमित भएको र अधिकारीहरूलाई भाइरस रोक्न हम्मेहम्मे परेको सन्दर्भमा २ प्रतिशत मृत्युदर पनि चिन्ताकै विषय हो ।

सीएनएनमा प्रकाशितहरमीत कौरको रिपोर्ट

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार