WE ARE UPGRADING OUR WEBSITE YOU MAY FACE TECHNICAL DIFFICIULTIES TEMPERORARY|LGMNEPAL|

पौराई ब्रमहस्थान निर्माण सुधार संघद्वारा नगर प्रमुखलाई ज्ञानपत्र

२५ आश्विन २०७७, आईतवार २०:०० मा प्रकाशित

रौतहट । चन्द्रनिगाहपुर वडानम्वर एक पौराईस्थित ब्रमह्स्थान मन्दिरमा लगाईएको ठेक्काको बिषयलाई लिएर पौराई ब्रमह्स्थान निर्माण सुधार संघले आईतबार चन्द्रपुर नगरपालिका समक्ष ज्ञापनपत्र बुझाएको छ ।

संघले चन्द्रपुर नगरपालिका अन्तर्गतका अन्य धार्मिक स्थलहरु नुनथर, शहिद स्मारक चादि लगायतका स्थलहरुमा ठेक्का नलगाई पौराई ब्रमस्थान मन्दिरमा मात्र ठेक्का लगाएकाले सो ठेक्का प्रकृया रद्द गर्न र उक्त मन्दिरकै समिति मार्फत कार्य गराउन नगरपालिका समक्ष माग गरेका छन् ।

उक्त मन्दिरमा हाँस, परेवा, कुखुरा तथा बोकाको वलि दिईने गरीन्छ सो काटमार गरेबापत नगरपालिकाले बिगतका बर्षहरुमा ठेकदार मार्फत कर उठाउदै आईरहेको छ । पछिल्लो आर्थिक बर्षमा मात्र सो मन्दिरको पशुबध काटमार ठेक्का १५ लाख २७ हजार ७ सय २७ रुपैयामा ठेक्का लागेको थियो ।

संघले बुझाएको ज्ञापन पत्र बुझ्दै चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले नियमानुसार सो बिषयलाई छलफल गरीने बताएका छन् । ज्ञापन पत्र बुझाउदै संघका अध्यक्ष रुपेश पंडित स्थानिय बलराम राउत,सुकेन्द्र गोले, अनन्त लामा लगायत एक दर्जन बढीको उपस्थिति रहेको थियो ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार