काठमाडौं । नेपालमा एकैदिन थप २ हजार ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार ७१ जनामा कोरोना संक्रमण देखीएसँगै नेपालमा संक्रमितको संख्या १ लाख सात हजार ७५५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र १४ सय १६ जनामा संक्रमण पुष्टि भएको छ ।
छ । आइतबार १५ सय ५२ जना डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७५ हजार ८०४ पुगेको छ ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।